क्रान्ति सुब्बा।हङकङ ।

हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ७ तारीखमा ५ आयातित केस थपिएपछी   जम्मा १२,४७२ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ६० दिन पुगेको छ।

डिसेम्बर ७ तारीख मंगलबार हङकङ भित्रिएका  ५ आयातित केसमा ४ जनाले कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन डेल्टा  ) L452R  बोकेर आएका छ्न।

पोजिटिभ पुष्टि मध्ये एक जना ६२ वर्षका पुरुष रहेका छन जो स्पेनबाट कतार हुदै फ्लाइट QR818  चढेर  हङकङ आएका थिए । उनी गत बुधबार पोजेटिभ पुष्टि भएकी ६१ वर्षकि महिलाको घनिष्ठ संपर्कमा रहेका थिए ।
गत आइतबार उनमा लक्षण विकास भएपछि  पेन्नी बे क्वारेन्टाइन सेन्टरमा रहेको बेला म्युटेन्ट स्ट्रेन L452R बाट पोजिटिभ पुष्टि भएका थिए ।

बाकी रहेका चार जना रोगी विमानस्थलमा ओर्लिएपछी गरिने परिक्षणमा पोजिटिभ पुष्ठि भएका थिए ।

जस अन्तर्गत  एक २८ वर्षकि  महिला अमेरिकाबाट फ्लाइट CX845 मार्फत गत आइतबार हङकङ आएकी हुन। विमानस्थलमा भएको परिक्षणद्वारा  उनमा L452R भन्ने डेल्टा भेरिएन्ट देखिएको हो।   उनी लक्षणहिन थिइन र अमेरिकामा उनले बायोएन्टेक भ्याक्सिनको तिन डोज अप्रील २९, मे २३ र नोभेम्बर २९ मा ग्रहण गरेकी थिइन।

अर्का एक जना २८ वर्षका पुरुष गत आइतबार  स्विजरल्याण्डबाट फ्लाइट AY101 मार्फत फिनल्यान्ड हुदै  हङकङ आएका  थिए जो डेल्टा म्युटेन्ट  स्ट्रेन L452R बाट पोजिटिभ भएका हुन।

पोजिटिभ पुष्टि अर्कि  रोगी हुन एक ४४ वर्षकि महिला  जो नेपालबाट इन्डिया हुदै फ्लाइट AI1314 मार्फत गत आइतबार हङकङ आएकि थिइन। 

तपाईको प्रतिक्रिया