क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा आज डिसेम्बर ८ तारीख बुधबार कोभिड केस शून्य रहेको जानकारी स्वास्थ्य बिभागले जनाएको छ। स्वास्थ्य अधिकारीहरु अहिले घानाबाट भित्रीएको शंकास्पद पुन संक्रमित (रिपोजिटिभ) केसको अनुसन्धानमा लागेका छ्न।


ती शंकास्पद रिपोजिटिभ भएका ६१ वर्षका पुरुष रोगी नोभेम्बर १६ तारीख घानाबाट फ्लाइट QR818 मार्फत कतार हुदै हङकङ आएका थिए । हङकङ विमानस्थलमा अवतरण भएपछिको परिक्षणमा कोभिड नेगेटिभ परिणाम आएको थियो । चुन वान स्थित सिल्का फार इस्ट होटेल हङकङमा क्वारेन्टाइन बसेको अवधिमा गरिएको चार पटकको टेस्टमा समेत उनको कोभिड रिजल्ट नेगेटिभ आएको थियो ।

उनको क्वारेन्टाइन अवधि गत हप्ताको  मंगलबार नोभेम्बर ३० तारीख सकिएको थियो । त्यसपछि उनी चिम्सा चुइको किम्बरली रोडमा पर्ने किम्बरली होटेलमा बस्दै आएका थिए । उनी डिसेम्बर ६ तारीख सोमबार पोजिटिभ पुष्टि भएका थिए र उनको नमुनामा डेल्टा भेरिएन्ट L452R को भाइरल लोड न्यून देखिएको थियो ।


उनले साइनोफार्म भ्याक्सिनको दुबै मात्रा चीनमा लगाएका थिए मे १८ र जुन १७ तारीख र उनमा कुनै लक्षण देखिएको थिएन ।
हङकङको स्वास्थ्य विभागले गरेको सबै किसिमको परिक्षणको निष्कर्षले यो रि-पोजिटिभ केससंग मिल्दोजुल्दो रहेको बताइएको छ र यो केसबारे थप बुझ्न  घाना स्वास्थ्य बिभागसंग संपर्क भैसकेको छ।
यी बिमारी बसेका र घुमेका स्थान किम्बरली होटेल समेतलाई अनिवार्य परिक्षण जानू पर्ने सुचीमा राखिएको छ।

तपाईको प्रतिक्रिया