भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले

भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले
भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् । यसकारण पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी अघि उनीहरुले थुुप्रै राउन्ड फायरिङ पनि गरे । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । रातोपाटीबाट

बेलायतबाट नेपाललाई १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप सहयोग

बेलायतबाट  नेपाललाई १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप  सहयोग
काठमाडौँ । संयुक्त अधिराज्य सरकारले द्विपक्षीय सहायता अन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप बुधबार काठमाडौं आईपुगेको छ । खोप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आएलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् । उक्त खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिने बताइएको छ। यसबारे लण्डनस्थित नेपाली दूताव...

रहेनन लोकप्रीय गायक जेबी टुहुरे

रहेनन लोकप्रीय गायक जेबी टुहुरे
आज जनवादी गायक जेबी टुहुरेको जीवनको आधा शताब्दी नेकपा एमालेसँग जोडिन्छ । उनी एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए । तर, बिहीबार माओवादी मुख्यालय, पेरिसडाँडामा टुहुरेलाई कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो । ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ भन्ने चर्चित गीतका गायक ७८ बर्षीय जनवादी गायक जुठबहादुर खडगी (जेबी टुहुरे) टुहुरेको विहीबार बयोधा अ...

देशभरका सर्जकहरुलाई कालीगण्डकी संरक्षणका लागि कविता सृजना गर्न आव्हान

देशभरका सर्जकहरुलाई कालीगण्डकी संरक्षणका लागि कविता  सृजना गर्न आव्हान
‘कालीगण्डकी बचाऔं अभियान’ले नदी संरक्षणका लागि सृजनात्मक प्रतिरोध गर्न स्रष्टाहरूलाई आव्हान गरिएको छ । हाल निरन्तररुपमा कालीगण्डकी नदीको अवैध दोहन भइरहेको छ भने अर्कोतिर सरकारले कालीगण्डकी डाइभर्सनका नाममा नदीको प्राकृतिक मार्ग नै परिवर्तन गर्न खोजिरहेको छ । यसै सन्दर्भमा अभियानले कविहरुलाई ऐक्यबद्धताका लागि कविता लेखेर पठाउन आग्रह गरेको हो । पछिल्ले समयमा कालीगण्डकी बचाऊ अभियान अन्तर्गत देशभरका...

जयसिंह धामीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

जयसिंह धामीको परिवारलाई १० लाख दिने सरकारको निर्णय
भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन फुस्काउँदा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको जयसिंह धामीको परिवारलाई सरकारले १० लाख राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धामीको परिवारलाई आर्थिक सहयोगस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा...

काँग्रेसमा विश्वासको संकट रहेको बिचार व्यक्त : रामचन्द्र पौडेल

काँग्रेसमा  विश्वासको संकट रहेको बिचार व्यक्त  : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अहिले ठूलो विश्वासको संकट रहेको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यता सूची सार्वजनिकीकरणको माग गर्दै जिल्ला सभापतिहरूले सुरु गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायत र माओवादी आन्दोलनमा विचलित नभएका कार्यकर्तालाई पाखा लगाएर क्रियाशील सदस्यता बाँडिएको बिचार व्यक्त गरे । पौडेलले जिल्ला सभापतिहरू...

पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल

पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल
पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो तर हालसम्म पनि थप काम अघि बढ्न सकेको छैन । मन्त्रालयले भने छ महिनाअघि नै निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको तर त्यहाँबाट केही निर्णय नभएको जनाएको छ । मन्...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन जनमोर्चाको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन जनमोर्चाको माग
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै चाडबाडको मुखमा आएर गरेको मूल्य वृद्धिले जनतालाई झन् आहत पार्ने बताउँदै यसलाई फिर्ता लिन सरकारसँग माग गरेका छन् । उनले भनेका छन् – अन्य क्षेत्रको खर्च कटौती गरेर, अनियमिततालाई रोकेर, आवश्यक परे राज्यले अनुदान थपेर भए पनि यो मूल्यवृद्धिलाई सरकारले फिर्ता लिनु पर्छ...

हालसम्म फगानिस्तानबाट ७ सय ९२ जना नेपालीको उद्धार

हालसम्म फगानिस्तानबाट ७ सय ९२ जना नेपालीको उद्धार
अफगानिस्तानबाट ७९२ जना नेपाली नागरिकको उद्धार भइसकेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न माध्यमबाट रोजगारीको सिलसिलामा अफगानिस्तान गएका नेपालीहरूको नेपाल सरकारले प्राथमिकताका साथ उद्धार गरिरहेको बताएका छन् ।

अफगानिस्तानमा तालिबान विरोधी शक्तिको घोषणा

अफगानिस्तानमा तालिबान विरोधी शक्तिको घोषणा
नेशनल रेजिस्टेन्स फ्रन्टका सदस्य अली नजिरीले बीबीसीसँगको कुराकानीमा तालिबान विरोधी नेता मरहूम अहमद शाह मसूदका छोरा अहमद मसूदको नेतृत्वमा हज्जारौं लडाकू त्यहाँ जम्मा भएको र युद्धका लागि तयार रहेको बताएका छन्।’ उनले भने,‘नेशनल रेजिस्टेन्स फ्रन्टको मान्यता यो छ कि स्थायी शान्तिका लागि अफगानिस्तानको मूलभूत समस्याको समाधान आवश्यक छ । मुलुकमा हामी पछिल्लो ४० वर्ष वा सय वर्ष वा २०० वर्षदेखि जुन ब...