भाग्सु धर्मशालामा लाहुरेको रेलिमाई विमोचित

भाग्सु धर्मशालामा लाहुरेको रेलिमाई विमोचित
लोकप्रिय साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई हालै भारतको भाग्सु धर्मशालामा विमोचन गरिएको छ । हिमाञ्चल पञ्जाव गोर्खा एसोशियसनको १०७ औँ वार्षिक उत्सवका अवसरमा ख्यातिप्राप्त फुटबलर तथा कार्यक्रमका विशेष अतिथि श्याम थापाको हातबाट यस पुस्तकको विमोचन भएको हो । लाहुरेको रेलिमाई नेपाली गीतसङ्गीतका आदि वाग्गेयकार तथा फस्ट गोर्खा राइफलका सैनिक मास्टर मित्रसेनको जीवनमा आधारित युद्ध उपन्यास...

लिम्बू कथाकारितामा नयाँ सीमास्तम्भ मना लाङ्योःक्खा

लिम्बू कथाकारितामा नयाँ सीमास्तम्भ मना लाङ्योःक्खा
- वैरागी काइँला कामले थाकेर बेलुकी घर चुल्हाको वरिपरि बसेर आगो ताप्दै कथा भन्ने सुन्ने सुनाउने पुरानो चलन हो । समयको परिवर्तन सँगसँगै कथा सुन्ने सुनाउने परम्पराले लेख्य परम्पराको रूप लिएपछि आधुनिक कथा लेखनको विकास भयो । लिम्बू भाषा साहित्यमा कथाको विकासको कुरा गर्दा मौखिक रूपमा गायन र वाचन गरिने हाम्रा मुन्धुमभित्रका वर्णन गरिएका अनेक लोक कथासम्म पुग्दछौँ । मुन्धुमभित्र मौखिकरूपमा वाचन गरिदै आएका...

साताको तीन कविता – कवि प्रचण्ड भास्कर

साताको तीन कविता – कवि प्रचण्ड भास्कर
नेपाली कविता लेखनमा निकै ठुलो सम्भावना बोकेका एक युवा जो आफ्नो कविताहरुमा भुईमान्छेको जीवन र मानवीय समवेदनालाई नेपाली र हिन्दी भाषामा धाराप्रवाह बडो मिहिन र शालिनरुपमा लेख्थे । उनी छोटा र चोटिलो कविता लेखनमा निकै माहिर थिए तर क्यान्सरसँग जुझीरहेका कवि प्रचण्ड भास्कर अब हामीबीच रहेनन् । हामीले आजको साताको तीन कवितामा उनका कविता प्रस्तुत गरेकाछौं । गल्ती हिजो सम्म त्यागेर गुलियो जो बाँचिरहेथ्यो...

साताको तीन कविता – कवि राजकुमार सुब्बा

साताको तीन कविता – कवि राजकुमार सुब्बा
फुल जस्तै कोमल यी कविताहरु प्रेम र अनुरागले भरिपुर्ण छ । कवितालाई सहिष्णुता र समर्पणले ओतप्रोत भएर लेख्नु सबै कविको बसको कुरो होइन । कवि राजकुमार सुब्बा आफनो लेखनमा लिम्बु मिथलाई उठान गर्दै सुन्दर कविता लेख्न सक्ने शक्तीशाली कवि हुन् । उनको हालसम्म कविता , गजल गरि चार कृतिहरु प्रकाशित भएका छन् । प्रस्तुत छ साताको तीन कविता । अनुभूतिको कुईनेटाहरु उक्लीदै जसरी - प्रत्येक बर्ष तमोरमा बगिरहने पानीको...

साताको तीन कविता – कवि गीता रेग्मी

साताको तीन कविता – कवि गीता रेग्मी
समाजशास्त्रमा एमए कवि गीता रेग्मी नेपाली साहित्यको कविता , नियात्रा , कथा लेखनमा स्थापित नाम हो । रेग्मीका पश्चिमाहरूकाे देशमा ,पत्थरै पत्थर ,प्रशान्तको तीरैतीर लगायत आधा दर्जन भन्दा धेरै साहित्यीक कृति प्रकाशन छन् । बेलायत , फ्रान्स , बेल्जियम , नेदरल्यान्ड , जर्मन, भारत , बर्मा , थाईल्याण्ड , मलेसिया , अष्ट्रेलिया , स्विजरल्याण्ड र ईटाली लगायतका देशहरुमा भ्रमण गरिसकेकी लेखक रेग्मीका लेखनमा मानवी...

साताको तीन कविता – कवि सरस्वती श्रेष्ठ ‘सरू’

साताको तीन कविता – कवि सरस्वती श्रेष्ठ ‘सरू’
लेखक सरस्वती श्रेष्ठ `सरू´ चार दशक भन्दा लामो समयदेखि नेपाली साहित्यमा निरन्तररुपमा क्रियाशिल लेखक हुनुहुन्छ । २०२५ सालमा सूर्यपाल १ लमजुङमा जन्मीएकी यी लेखक शिक्षण पेशामा हुनुहुन्छ । एक दर्जन भन्दा धेरै बिभिन्न संघसंस्थाहरुबाट सम्मानित उहाँका हालसम्म प्रकाशित कृतिहरूमा `थुँगा थुँगा जिन्दगानी´ गीत सङ्ग्रह , दुई कविता कृति `एक झुल्को घाम ओर्लेर सडकमा´ ,`फूलहरूको आँधी´ र `किट्टी´नामक बाल कथा सङ्ग्रह...

साताको तीन कविता – कवि चन्द्र कुबेर खापुङ्ग

साताको तीन कविता – कवि चन्द्र कुबेर खापुङ्ग
कानूनमा स्नातक, समाज शास्त्रमा स्नातकोत्तर गरेका कवि तथा गीतकार चन्द्र कुबेर खापुङ्ग हाल नेपाल प्रहरी सेवाको प्रहरी नायव महानिरीक्षक चुपचाप लेख्न रुचाउने लेखक हुनुहुन्छ । आफनो समुदायमाझ सामाजिक ,मानसिक रुपान्तरणको निम्ति सुसुप्तरुपमा लागि परिरहनु भएका खापुङ लिम्बू पालाम लेखनमा पनि परिचित हुनुहुन्छ प्रस्तुत छ साताको तीन कविता । महसुस गर्न देउ उसलाई उड्न देउ- चीलहरुलाई खुल्ला आकासमा चिथर्न द...

अँध्यारोको जुनकिरी

अँध्यारोको जुनकिरी
-अनिल श्रेष्ठ Who is he ? He's Socrates ! Sittin' in his seat, and sippin' on his hemlock tea. Dishing out his wisdom to the wisest men in all of Greece. –Socrates, Nathan Maupin अमेरिकी कवि नाथन मोपिनको ‘सुकरात’ कविताको यो एउटा सुन्दर कवितांश हो र गुगलबाट मैले यो कवितांशलाई यहाँ उल्लेख गरेको छु । धेरैदिनदेखि सुकरात र उनको दार्शनिक व्यक्तित्वका बारेमा मनमा अनेकौं विचार र जिज्ञासाहरु उठिरहेको ...

साताको तीन कविता – कवि भावना शर्मा

साताको तीन कविता – कवि भावना शर्मा
पचासको दशकमा निक्कै शक्तीशाली रुपमा उदाएकी कवि भावना शर्मा समकालिनहरुमाझ चुपचाप लेख्न रुचाउने एक शक्तिशाली कवि हुन् । दुई दशकदेखि छापा, रेडियो र टेलिभिजन पत्रकारितामा संलग्न शर्मा बिजमाण्डू डट कमसँग आवद्ध छिन्। पत्रकारितामा स्नातकोत्तर शर्माका ‘जुनको आतंक’ कविता संग्रह र आत्म वृतान्त ‘गणतन्त्रका प्रणेता रामराजाप्रसाद सिंह’ पुस्तक प्रकाशित छन्। प्रस्तुत छ साताको तीन कविता । रङ विरुद्ध एउटा क्यानभा...

साताको तीन कविता – कवि सुशीला निनाम

साताको तीन कविता – कवि सुशीला निनाम
खोटाङमा जन्मीएकी कवि सुशीला निनाम अनुज पुस्तामाझ शक्तीशाली कविको रुपमा चिनिन्छीन् । उनका कविताहरुले दमनको बिरोध र भुईमान्छेहरुको आवाजलाई शसक्तरुपमा उठान गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । दुराचारीको हुलिया आमालाई सोध दुराचारीको हुलिया आमाले बताउनेछिन गाउँ भरी न्याय निशाफको फैसला गर्दै हिड्ने गाउँलेहरुको न्यायाधीश प्रधानपन्चले पधेरोबाट एक्लै पानी बोकेर फर्किरहेकि आमाको...