मन्त्री थापाको राजीनामा माग गर्दै कर्णाली प्रदेशसभा बैठक अवरुद्ध
काठमाडौं । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबारदेखि शुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए ।
एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै मन्त्री थापाको राज...








