डोटी घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहारको माग

डोटी घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहारको माग
धनगढी । आमाछोरीलाई जिउँदै जलाएर हत्या प्रयास गर्ने दोषीलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याउन महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारले माग गरेको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाट र उनकी दुई वर्षकी छोरी अन्जुमाथि प्रज्वलनशील पदार्थ फालेर हत्या प्रयास गरिएको घटनाप्रति प्रहारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहारले घटनामा संलग्नलाई पक्राउ ग...

सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति

सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति
काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको छ । सरकारले थारु कल्याणकारिणी सभासँग वार्ता गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी रहेको वार्ता टोली गठन गरेको थियो । त्यस्तै था...

स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला

स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला
एजेन्सी । क्यानडाका आदिवासी समुदायका लागि बनाइएको एउटा बोर्डिङ स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला परेको छ । स्थानीय आदिवासी व्यक्तिहरुका अनुसार ती अवशेषहरु काम्पलुप्स नजिकैको सय वर्ष भन्दा पहिलेको बोर्डिङ स्कुलमा पढ्ने बालबालिकाको हो । तीमध्ये केही बालबालिकाहरु ३ वर्षका समेत थिए । तर उक्त घटनालाई बोर्डिङ स्कुल प्रशासनले दस्तावेजिकरण गरेको थिएन । यस घटनाबारे अ...

अध्यक्ष महन्थ ठाकुरसहित चारनेता पार्टीबाट निस्कासन

अध्यक्ष महन्थ ठाकुरसहित चारनेता पार्टीबाट निस्कासन
काठमाडौं । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चारनेतालाई पार्टीबाट निस्कासन गरेको छ । कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको हो। पार्टी हित विपरित काम गरेको भन्दै जसपाले चार नेतालाई पार्टी सदस्यबाट निस्कासन गरेको जानकारी निर...

उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी

उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिएका छन् । उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था बारे जानकारी लिएका हुन् । यसका साथै, उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर...

२४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

२४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९ सय ८६ गर्दा ३ हजार ७ सय २ तथा तथा एन्टिजेन विधिबाट १ हजार ७ सय ८४ जनाको परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पुष्टि भएको हो । यस्तै यही अवधिमा ६ हजार २ सय ५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १ सय ९ जनाले ज्यान गुमाएका छन् । परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नया...

प्रतिनिधिसभा विघटनको विपक्षमा परेका रिटको सुनुवाइ आउँदो मंगलबार

प्रतिनिधिसभा विघटनको विपक्षमा परेका रिटको सुनुवाइ आउँदो मंगलबार
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विपक्षमा परेका रिटको सुनुवाइ आउँदो मंगलबार हुने भएको छ । आज आइतबारको बहसमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा १ सय ४६ रिट निवेदक सांसद्का तर्फबाट बहस गरेका वकिलहरूले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका थिए । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी,शम्भु थापा,हरिहर दाहाल,रमण श्रेष्ठ,टीकाराम भट्टराई,गोविन्द बन्दीलगायत वकिलहरूले इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ...

नागरिकता सम्बन्धी अध्यादेशले सबै खालका आमाका सन्तानलाई सम्बोधन गर्न सकेन : महिला सुरक्षा दबाब समूह

नागरिकता सम्बन्धी अध्यादेशले सबै खालका आमाका सन्तानलाई सम्बोधन गर्न सकेन : महिला सुरक्षा दबाब समूह
काठमाडौं । भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशले सबै खालका आमाका सन्तानलाई सम्बोधन गर्न नसकेको भन्दै महिला सुरक्षा दबाब समूहले विरोध गरेको छ । समूहले आज जारी गरेको प्रेस विज्ञप्ति भनिएको छ, 'आमाको नामबाट सन्तानले नागरिकता प्राप्त गर्ने कुरा महत्वपूर्ण हुँदाहुँदै पनि यस्तो अस्थिर राजनैतिक वातावरणमा हतारहतार अध्यादेश ल्याइएको हुनाले यसबाट महिलाले प्राप्त गरे...

ल्यापटप किन्न विद्यार्थीलाई ८० हजारसम्म कर्जा सुविधा दिइने

ल्यापटप किन्न विद्यार्थीलाई ८० हजारसम्म कर्जा सुविधा दिइने
काठमाडौं । सरकारले वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न विद्यार्थीलाई एक प्रतिशत व्याजदरमा कर्जा दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म कर्जा सुविधा दिइने उनले बताए ।

संसद विकास कोष कार्यक्रम खारेज

संसद विकास कोष कार्यक्रम खारेज
काठमाडौं । सरकारले संसद विकास कोष कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७र७८ को बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् । संसद विकास कोषको नामले परिचित ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम’ को बजेट सदुपयोग हुन नसकेको भनेर विरोध हुँदै आएको थियो । अर्थमन्त्री पौडेलले बजेटमा स्रोत अभावका कारण यो कोष खारेज गरिएको बताए । यस वर्ष संसद विघटित अवस्थामा रहेकाले यो कार्यक्रम...