पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त

पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमित भएपछि १८ दिनदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारत शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । अस्पताल भर्ना भएको केही दिनपछि शाहलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आईसीयूबाट वार्डमा सारिए...

अहिले कुनै पनि सरकारमा सहभागी हुन्नौँः महन्थ ठाकुर

अहिले कुनै पनि सरकारमा सहभागी हुन्नौँः महन्थ ठाकुर
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अहिले कुनै पनि सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकार गठनको प्रक्रिया आरम्भ गर्न आह्वान गरेपछि ठाकुरको यस्तो प्रतिक्रिया आएको हो । केन्द्रीय अध्यक्ष ठाकुरले ...

२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु

२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै यही अवधिमा ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । पीसीआर विधिबाट १७ हजार ६ सय २३ र एन्टिजेन विधिबाट ७ सय ८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २ सय ७१ जन...

देउवा, दाहाल र यादवले नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान

देउवा, दाहाल र यादवले  नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान
काठमाडौँ । विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन असफल भएपछि विपक्षी नेताहरुले नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न आज राष्ट्रपतिलाई आह्वान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले...

संसदीय दलको ह्वीप नाघ्यो नेपाल र खनाल समूहले, यी हुन् मत नदिने २८ सांसद

संसदीय दलको ह्वीप नाघ्यो नेपाल र खनाल समूहले, यी हुन् मत नदिने २८ सांसद
काठमाडौं, बैशाख २७ । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अस्वीकार गरेका थिए । संसदीय दलको ह्वीप विपरीत नेपाल र खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद आजको प्रतिनिधिसभा बैठक र मतदानमा अनुपस्थित भएका हुन् । अनुपस्थित हुने सांसदहरूः १. झलनाथ खनाल २. माधव नेपाल ३. पवित्रा निरौला खरेल ४. भवानी खापुङ ...

वामदेवले खोले मनको कुरा, भने, ‘पार्टी विभाजन भए त्यसैमा सामेल हुन्छ’

वामदेवले खोले मनको कुरा, भने, ‘पार्टी विभाजन भए त्यसैमा सामेल हुन्छ’
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मनको कुरा खोलेका छन् । आफ्ना प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत आज सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले भनेका छन्, 'झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेर नयाँ पार्टी बनाए म त्यसमै सामेल हुनेछु ।' सुवेदीमार्फत गौतमले सार्वजनिक गरेको दोस्रो बुँदामा भनिएको छ, ‘वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले...

काठमाडौंको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय

काठमाडौंको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय
काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । जारी निषेधाज्ञा यही बैशाख २९ गते सकिँदैछ ।

ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम
काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्‍ना माग पूरा गर्ने प्रतिबद्धताका लागि भोलि सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । आज बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहानसम्मको समय दिने निर्णय गरेको नेता योगेश भट्...

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् । एमाले सचेतक भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २...

मृत्यु पूर्व उनीहरुले आफूलाई बचाइदिन निकै अनुरोध गरे

मृत्यु पूर्व उनीहरुले आफूलाई बचाइदिन निकै अनुरोध गरे
रेनाटा ब्रिटो र सामी माग्डी, कायरो – एकसय जना भन्दा बढी अफ्रिकीहरु चढेको रबरको खैरो डुङ्गालाई समुद्रको छालले बेस्सरी हिर्काउन थालेपछि आत्तिएका व्यक्तिले उद्धारको झिनो आशामा आप्रवासीका लागि खोलिएको नम्बरमा डायल गरे । यी यात्रीहरु लिबियाबाट युरोप प्रवेश गर्ने लालशामा भूमध्य सागरका छालमा हेलिँदै थिए । अलार्म फोन हटलाइनमा पटकपटक फोन गरेका यी यात्रुहरुले भूमध्य सागर पार गर्नेक्रममा डुङ्गाको इन्धन सकिएक...