गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा भोलि २७ गते सोमबार मतदान हुने तय भएको थियो । मुख्यमन्त्री गुरुङले केही बेरअघिमात्र प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख पौडेलले हालसम्म मुख्यमन्त्री गुरुङको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले गरेका कामका लागि धन्यवाद...

संवैधानिक परिषद्को बैठकमा नजान दाहालको आग्रह

संवैधानिक परिषद्को बैठकमा नजान दाहालको आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठकमा नजान परिषद्का सदस्यहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि आइतबारका लागि बोलाएको परिषद्को बैठक स्थगित गर्न पनि दाहालले सुझाव दिएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै दाहालले भनेका छन्, संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने ...

ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोगः देउवा

ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोगः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई आपत्तिजनको संज्ञा दिएका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक असंवैधानिक कदमलाई राष्ट्रपतिले समर्थन गर्नु आपत्तिजनक रहेको देउवाको तर्क छ । कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोग महत्वपूर्...

महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न सरकारको ध्यानाकर्षण

महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड –१९ महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले देशका विभिन्न स्थानमा गरेको अनुगमनपछि आज शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा देशभरका अस्पतालमा कोभिड संक्रमित भरिभराउ भएको र अक्सिजनको चरम अभाव देखिएको उल्लेख छ। हेर्नुहोस् आयोगको विज्ञप्ति प्रेस नोट २४ वैशाख, २०७८ नागरिकको स्वास्थ्य उपचार ए...

राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री थापा र देवकोटाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री थापा र देवकोटाको उम्मेदवारी दर्ता
काठमाडौं । आउँदो जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादल र एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले उम्मेदवार बनाउने निर्णय गरेपछि एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहित आजै बिहान हेटौंडा पुगेका बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र समर्थकमा सामाजिक विकासमन्त्र...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले वैशाख २५ गते शनिबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद् भवन, बानेश्वरमा बस्ने कांग्रेसले जनाएको छ । बैठकमा २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको बैठकलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले बुधबार कांग्रेस ...

रहेनन चर्चित गायक प्रेमध्वज प्रधान

रहेनन चर्चित गायक प्रेमध्वज प्रधान
काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि आज बिहीबार बिहान उनलाई काठमाडौंको बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत प्रधानको दिउँसो १ः४५ बजेतिर निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए । उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । प्रधानको पारिवारिक स्रोतअनुसार शवलाई आज...

कोरोनामा प्रदेश १ को सरकारले देखायो मानवीयता

कोरोनामा प्रदेश १ को सरकारले देखायो मानवीयता
काठमाडौं । प्रदेश १ सरकारले कोरोना भाइरसबिरुद्धको अभियानमा मानवता प्रदर्शन गरेको छ । फ्रन्टलाइनमा रहेर जिम्मेबारी निभाउने चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मीलगायतलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय गरेर सरकारले मानवता प्रदर्शन गरेको हो । बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले फ्रन्टलाइन कर्मचारीलाई सुरु तलवको ५० प्रतिशत उपलब्ध गराउने निर्णय गरेको हो । त्यसबाहेक उनीहरु संक्रमित...

नेपाल आदिवासी जनजाति महासंघ हङकङको अध्यक्षमा किसन राई

नेपाल आदिवासी जनजाति महासंघ हङकङको अध्यक्षमा किसन राई
हङकङ । नेपाल आदिवासी जनजाति महासंघ हङकङको आठौं महाअधिवेशन सम्पन्न भएको छ । महाअधिवेशनले महासंघको नयाँ कार्यसमिति चयन गरेको छ । जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा आयोजित महासंघको महाअधिवेशनबाट अध्यक्षमा किसन राई चयन भएका छन् । यस्तै महासंघको उपाध्यक्षमा कृष्णराज लावती, महासचिवमा टोपराज तामाङ र कोषाध्यक्षमा करुणा प्रधानलाई चयन गरिएको छ । बाँकी पदमा कार्यसमितीले नियुक्ती गर्ने निर्णय भएको नवनिर्वाचित अ...