उपत्यकामा हावाको प्रदूषण बढ्यो, घरबाहिर ननिस्कन आग्रह
काठमाडौं । काठमाडौं उपत्यकामा हावाको प्रदूषण बढेको छ ।
हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिनेमा अहिले काठमाडौंका भक्तपुर, कीर्तिपुर, भैँसेपाटीलगायतका ठाउँमा भएका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाएका छन् ।
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले जानकारी दिए। अहिल...









