नेपाल- खनाल समूहको नेकपा एमालेले बनायो काठमाडौंमा समानान्तर कमिटी
काठमाडौं । माधव नेपाल-झलनाथ खनाल समूहको नेकपा एमालेले काठमाडौंमा समानान्तर कमिटी बनाएको छ । उक्त समूहले बसन्त मानन्धरको नेतृत्वमा आज अलग्गै जिल्ला कमिटी घोषणा गरेको छ ।
राजधानीमा आयोजित कार्यक्रममा नेताद्वय झलनाथ खनाल र माधव नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो । बाग्मती प्रदेशसभा सदस्य मानन्धरको नेतृत्वमा बनाइएको कमिटीमा उपाध्यक्ष शोभा सापकोटा, सचिवमा कुसुम कार्मी र उपसचिव लक्ष्म...








