माधव पक्षले मुख्यमन्त्रीद्वय राई र पौडेलविरुद्धका अविश्वास प्रस्ताव फिर्ता लिने
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रदेश–१ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ । सो समूहका शीर्ष नेताबीचको छलफलले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव लिने निर्णय गरेको हो ।
प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्र...








