साताको तीन कविता
आजको समयमा नेपाली साहित्यमा उसको उपस्थीति ढुङ्गा नै ढुङ्गाहरुबीच कुरी ढुङ्गा जस्तै हो जसका कविताहरुले आम मान्छेको कथालाई जीवन्तरुपमा बोलेको हुन्छ प्रस्तुत छ साताको कवितामा कवि स्वप्निल स्मृतिको तीन कविता ।
एक्काईसौँ शताब्दीमा यलम्बर
तीन हजार वर्षपछि
मेरो नातिको कोखमा पुनर्जन्म लिएको हुँ
म हुँ यलम्बर
यो मुलुकको प्रथम राजा
तिम्रो गणतन्त्रमा विना श्रीपेच उपस्थित छु ।
यो प्राचीन नगरीमा
प्रथमपल्ट म...






