अभौतिक प्रेम
कथा
चौतरामाथिको बुढो वरको फेदमा तिमी तपस्वी झैँ घोत्लिरहेका थियौ । ढुङ्गैढुङ्गाका सिढीँ चढेर उक्लिएपछि तिम्रो मधुरो लालटिनको छेउमा पुगेँ म। तिम्रा चिम्सा आँखा केही थाहा नभएझैं स्थिर निहुरिरहेका थिए । त्यहीँ नजिकैको जरुवा धाराको पानी तपतप गर्दै तिम्रो एकान्तसँग अझै नजिकिरहेको थियो। म आफ्नो हातको अगुल्टोलाई अलि परको अगेनोमा राखेर तिमीलाई नियालिरहेँ। तिम्रा मोटा चस्मा र चाउरिएका आँखाका डिलहरुले त...