भुराजनीतिक चपेटामा नेपाल
रमेश के.सी.
अमेरिकी राणनीतिकार रोबर्ट काप्लानले विश्व राजनीतिमा भुगोल फेरि उन्नाईसौ शताब्दीमा जस्तै गरेर फर्किएको आकलन गरेका छन । “रिभेन्ज अफ जीयोग्राफी” आलेखमा विश्व भूराजनीतिको आकलन गर्दै उनले एसियामा विश्व शक्तिहरुको प्रतिस्पर्धा शुरु भएको बताएका छन ।
यसबाट नेपाल पनि अछुतो रहन सक्दैन । नेपाल, चीन र भारत दुई उदाउँदा महाशक्तिहरु बीच रहेको मुलुक हो । यी शक्तिहरुको प्रतिस्पर्धा नेपालको आन्तरिक, व...









