राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी नेताहरुले सर्वोच्च गुहार्ने
काठमाडौँ । संसद विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरुले सर्वोच्च अदालत गुहार्ने भएका छन् । शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद सहितका नेताहरु संसद पुनःस्थापनाको मागसहित भोलि न्याय माग्दै सर्वोच्च जान लागेका हुन् ।
आज शनिबार काठमाडौंको नयाँ बानेश्वरमा बसेको पाँच दलक...






