ओली नेतृत्वको नेकपाद्वारा चुनावी घोषणापत्र लेख्ने कार्य शुरु
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट चुनावका लागि घोषणापत्र लेख्ने कार्य शुरु गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लागेका हुन् ।
ओलीले घोषणा–पत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन देशभरका नेता कार्यकर्तालाई परिपत्र गरेका छन् । गत बिहीवार देशभर...








