कथा – खत

कथा – खत
केशवराज ज्ञवाली ‘दाइ एकैछिन भेटनुपर्ने थियो ?’ उसले हेलो भन्ने बित्तिकै भन्यो । मलाई उसको आवाज परिचित लागेन । परिचय सोध्न भ्याएकै थिइनँ, फेरि आवाज आयो, ‘दाइले मलाई चिन्नुभएन होला, म श्रवण ।’ मैले अझै चिनिनँ । तर भनेँ, ‘भन्नुस श्रवणजी, केही काम छ कि ?’ ‘दाइले मेरो केसको कथा लेख्नुभएको थियो । त्यसकै सिलसिलामा भेटनु थियो ।’ ‘एऽऽ’ मैले बल्ल बुझेँ । ऊ पक्का पनि मेरो अफिसमा आएको होला । मैले उसलाई मेरा ...

साताको तीन कविता-कवि कल्पना तामाङ

साताको तीन कविता-कवि कल्पना तामाङ
हाल अमेरिकामा बसोबास गर्ने कवि कल्पना तामाङ अनेसास क्यान्सस च्याप्टर अमेरिकाको सचिवको रुपमा कार्यरत रहिसकेकी छिन। कविता,गजल र कथा लेखनमा राम्रो दखल राख्ने यी कवि आफ्नो पुस्तामा राम्रो सम्भावना भएकी लेखक हुन । उनका कविताहरुमा प्रकृति र सामाजिक बिषयहरु शसक्तरुपमा उभिएका हुन्छन प्रस्तुत छ साताको तीन कविता । जिन्दगीको किनाराबाट एकनाश बगीरहेको जिन्दगीको खोलामा यतिबेला एउटा बाँधको कल्पना गरीरहेको छु ...

कथा – स्याबास शुभश्री !

कथा – स्याबास शुभश्री !
दीप्स शाह आक्कल झुक्कल अफिसको ढोकैमा भेटिंदा म उसका आँखा नियाल्थें । अनगिन्ति अनुहारसंग मेरा आँखा ठोक्किन्छन तर केहि खास अनुहारका खास आँखाहरुले मलाइ तुरुन्तै कैद गर्छन। यसरी मेरा आँखालाइ कैदी बनाउने अत्यन्त सिमित आँखा मध्ये उसका ति दुइ शान्त आँखा पनि थिए । सामान्य चिनाजानी थियो हामी बीच । म त्यो सामान्यलाइ प्रगाढ बनाउने प्रयत्नमा थिएँ । एउटा नजानिँदो आकर्षणको सिर्सिरे बतासले मलाइ हल्का छोए झैं भ...

साताको तीन कविता-कवि सम्पदा रिजाल

साताको तीन कविता-कवि सम्पदा रिजाल
पेसाले नर्श रहेकी सम्पदा रिजाल मोफसल बाहिर बसेर कविता कर्म गरीरहेकी पछिल्लो पुस्ताको शशक्त हस्ताक्षर हुन् । उनका कविताहरुले सामाजिक न्याय, समतामुलक समाज र सह-अस्तित्वको वकालत गर्छन्। विभिन्न सामाजिक मुद्दाहरुमा आफ्नो स्पष्ट बिचार अभिव्यक्त गर्ने सम्पदाका कविताहरु उनको बलियो चेतनाका प्रतिबिम्बहरु हुन् । प्रस्तुत छ साताको तीन कविता । प्रतिबन्ध ओठमा झुन्ड्याइएको ताल्चा खोल्नु र केही सपनाका निस्ता ग...

म एक विद्यार्थी – मुनाराज शेर्मा

म एक विद्यार्थी – मुनाराज शेर्मा
बाल साहित्य - कथा "ह्या!आज होमवर्क गर्न पनि भ्याइन।अब सरले गाली गर्नु हुन्छ।" "बिहानै उठ्यो आँगन बढार, कुचो लगा, चिया पका, खोले पका, भाडावर्तन मोल आफै।कति हैरान हाऊ! घरको छोरी मान्छे हुनु पनि कति गाह्रो । खाना पनि आफै पकाउनु पर्ने।फेरि भाडा माझ्नु पर्यो।अनि कति खेर फुर्सद हुनु? सबको अगाडि चिया पुर्याइ दिनु पर्ने।खाना पस्किनु बाँढ्नु कामको बोझले होला बेलुका पढौं भन्यो भुसुक्कै निदाइन्छ।" हतार-हता...

लीलालेखन एक लिटरेरी डिस्कोर्स हो यसको अस्तित्व साहित्यमा निकै परसम्म छ : रत्नमणी नेपाल

लीलालेखन एक लिटरेरी डिस्कोर्स हो यसको अस्तित्व साहित्यमा निकै परसम्म छ : रत्नमणी नेपाल
बुबा गणेशप्रसाद नेपाल र आमा सितादेवी नेपालका ६ सन्तानमध्ये चौथो सन्तानको रुपमा भोजपुर जिल्ला कोट गाविसमा जन्मिएका रत्नमणि नेपाल पचासको दशकमा उदाएका एक शक्तिशाली आख्यानकार तथा कवि हुन। लेखनको सुरुवाती दिनबाटै लीलालेखनमा आवद्व नेपालले नेपाली साहित्यमा ईन्द्रबहादुर राई पछि कृष्ण धरावासी सगँसगै यो साहित्यिक बिचारलाई अघि बढाएका हुन । साहित्य, विश्व जगत र जीवनलाई अनुभूत गर्ने आफ्नै व्याख्या बोलेको लीलाल...

साताको तीन कविता – कवि राजु स्याङतान

साताको तीन कविता – कवि राजु स्याङतान
७० को दशकदेखि कविता लेख्न थालेका कवि राजु स्याङतान नेपाली वर्तमान कविता लेखनमा एक शक्तीशाली उपस्थीति हो । उनका कविताले नेपाली समाजमा पीँधमा रहेका जनताका आवाजहरुलाई शसक्तरुपमा बोलीरहेको हुन्छ । महोत्तरी बर्दिवासका उनी हाल नयाँ पत्रिका दैनिकमा आवद्ध छन । पत्रकारितामा विशेषतः फिचर समाचार लेख्छन । प्रस्तुत छ, साताको तीन कविता । नेपाल यातायात समयको निर्मोही छातिमाथि बेमतलब दौडीरहेको छ एउटा बस उसको नि...

कथा -अन्तिम अस्त्र

कथा -अन्तिम अस्त्र
ज्योति जङ्गल- बिहानै सामनाले फोन गरेर बोलाएकी थिई ।अत्यन्त उदास स्वर थियो । बोली पनि उसको जस्तै लागेन। “तँ आइज न । तैंले पनि पराई सम्झिस ?” भर्खरै उसले बिहे गरेकी थिई । त्यसको चर्चाले सहर सेलाएकै थिएन । मेरो आदर्शले पनि उसले गरेको बिहेलाई ठीक बेठीक छुट्याउन सकेको थिएन । समाजका कतिलाई त ठट्टा भएको होला कतिलाई झापड जस्तो । आन्तरिक द्वन्दमै म उसको घर पुगेँ । मैले उसको नव दाम्पत्य जीवनलाई जिस्काएंँ,...

साताको तीन कविता -कवि सुन्दर कुरुप

साताको तीन कविता -कवि सुन्दर कुरुप
खास नाम सुन्दर कुमार लावती तर नेपाली साहित्यको कविता लेखनमा एक बिशिष्ट कविको रुपमा स्थापीत कवि सुन्दर कुरुप शान्त र सुन्दर कविता लेख्न सक्ने कम नेपाली कवि मध्ये एक हुन । आफ्नो कविताहरुमा मानिसको संवेदनाहरुलाई अत्यन्तै शालिनरुपमा राख्न सक्नु उनको कविताहरुको प्रमुख बिशेषता हो । पचासको दशकदेखी नेपाली साहित्यमा निरन्तर लेखीरहेका यी लेखकको हालसम्म 'जूनको अनुहार' गजल संग्रह 'पृथ्वीको आविस्कार' कविता...

साताको तीन कविता – कवि दिपा एवाई

साताको तीन कविता – कवि दिपा  एवाई
दुई दशक भन्दा लामो समयदेखि कविता लेखनमा सकृय कवि दिपा एवाइ नेपाली कविता लेखनको बर्तमान समयमा नारी चेत र स्वरलाई शक्तीशाली रुपमा आफ्नो लेखनीमा ल्याउन सक्ने कम नेपाली लेखकहरुमध्ये एक हुन । उहाँको लेखनीमा नेपाली महिलाले भोग्नु परेको अन्याय र अत्यचारको बिरोधमा प्रतिकार गरिहेको हुन्छ । कवितामा महिलाको मनोदशालाई सजीव र जीवन्त रुपमा राख्न सक्नु उहाँको कविताको बिशेषण हो । प्रस्तुत छ साताको तीन कविता । बि...