नेपाली साहित्यमा डाडामा एक्लै उभिरहेका बूढो बरका रुख
मुन्धुमको मिठो हरफ जस्तो लाग्छ उनको कविता यात्रा र जीवन । यसो हेर्दा अक्करे भीरजस्तो यो यात्रामा यति लामो बाटो हिँडेर यहाँसम्म आइपुग्दा नेपाली कविताको क्षेत्रमा तीर्थस्थलझै श्रद्वालु बैरागी काईला नेपालमा मात्र नभएर संसारै भरिको नेपाली कविताका पाठकहरुमाझ एउटा ब्रान्डको रूपमा चिनिन्छ अर्थात् बैरागी काइँला ।
घर पुग्दा भने ज्यानलाई अलिक बिसन्चो भएको बताए मलाई देखेपछि । चाबहिलबाट जाँदा चक्रपथको सुकेधा...