भाग— २ ग्रीस यात्राको सम्झना
डा. गोविन्दराज भट्टराई
दुबाई छोडेर एकघण्टाको हवाई उडानपश्चात्ताप उनीहरुले हाम्रो दिवा भोजन (लञ्च) वितरण गरे । आकाश एक सीमा–क्षेत्रमाथि पुगेको थियो होला । एउटी ‘लुमिनिता’ नाम टाँसेकी परिचारिकाले सर्वप्रथम हामी शाकाहारीजतिका भोजन व्याक ल्याइन् ।
एउटा फराकिलो किस्तीमा सजाएर ल्याइएका सर्दाममा एक ससनो प्लाष्टिक बट्टाभरि मिश्रित फलफूलका चाना, अर्काे बट्टामा हरियो सलाद, ब्राउन ब्रेडका दुई टुक्र...