सञ्चारमन्त्रीको पहिलो निर्णय : साइबर सुरक्षा नीति अध्ययन गर्न कार्यदल गठन

सञ्चारमन्त्रीको पहिलो निर्णय : साइबर सुरक्षा नीति अध्ययन गर्न कार्यदल गठन
सरकारले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको छ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पदभार ग्रहण गरे लगातै सो निर्णय गरेको हो । मन्त्री थापाले सञ्चार र सूचना प्रविधिको विकासबिना अन्य क्षेत्रको विकास गर्न समस्या हुने भएकाले यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएर काम गर्न कर्मचारीलाई निर्देशन दिएको र एकअर्काल...

निजी स्वास्थ्य संस्थासँग सरकारले सम्झौता तोड्यो, अब सरकारी मात्रै कोभिड १९ अस्पताल

निजी स्वास्थ्य संस्थासँग सरकारले सम्झौता तोड्यो, अब सरकारी मात्रै कोभिड १९ अस्पताल
सरकारले कोभिड १९ उपचारका लागि सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकललाई मात्र तोकेको छ । असार ६ गते सचिव स्तरीय तहबाट यस्तो निर्णय भएको हो । सरकारले सेवा सम्झौता गरेका सबै निजी अस्पतालहरूलाई आजका मितिदेखि १० दिनभित्रको उपचारको मात्र शोधभर्ना दिने निर्णय गरेको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा समीरकुमार अधिकारीले जनाएका छन् । साथै सम्पू...

फेक आइडी बनाएर चरित्र हत्या गरिएको कारण कारबाहीको लागि साइबर ब्यूरोमा उजुरी

फेक आइडी बनाएर चरित्र हत्या गरिएको कारण कारबाहीको लागि साइबर ब्यूरोमा उजुरी
काठमाडौं । ब्राह्मण एकता समाजका नाममा फेक आइडी बनाएर समाजिक सद्भाव खलबल्याउने र चरित्र हत्याको अभियोगमा नेपाली काँग्रेस बैतडीका १५ जना नेताका तर्फबाट जनक भट्टले काठमाडौंस्थित साइबर ब्यूरोमा आइतबार उजुरी दिएका छन् । केही दिनदेखि काँग्रेस सम्बद्ध व्यक्तिहरुको नाम र तस्वीर राखि ब्राह्मण एकता समाज बैतडी नामको फेक आइडीबाट आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच आउने काम गरिएको भट्टद्वारा दर्ता गराइएको उजु...

कोरोना प्रभावित नेपालीलाई सहयोग गर्दागर्दै संक्रमित नेपाली प्रमोद साउँदले आईसीयूबाटै भने, ‘म मरे पनि मेरो देश बाँचिरहोस्’

कोरोना प्रभावित नेपालीलाई सहयोग गर्दागर्दै संक्रमित नेपाली प्रमोद साउँदले आईसीयूबाटै भने, ‘म मरे पनि मेरो देश बाँचिरहोस्’
काठमाडौं । बन्दाबन्दीका क्रममा प्रवासमा रहेका नेपालीहरूलाई सहयोग गर्ने क्रममा आफै कोरोना संक्रमित भई आईसीयूमा पुगेका प्रमोदसिंह साउँदले आफ्नो ज्यान जोगाइदिन सम्पूर्ण नेपालीमा अनुरोध गरेका छन् । गत वर्ष भारतमा कोरोना संक्रमण शुरु भएसँगै बन्दाबन्दी भएपछि समस्यामा परेका मजदुर तथा नेपालीहरूको उद्दार, राहत र उपचारमा दिनरात सक्रिय प्रमोद अहिले तेस्रोपटक कोरोना संक्रमित भई अस्पताल भर्ना भएका छन् । प्रव...

दीपक मनाङे फेरि विनाबिभागिय मन्त्री

दीपक मनाङे फेरि विनाबिभागिय मन्त्री
काठमाडौं । राजिव गुरुङ (दीपक मनाङे) फेरि विनाबिभागिय मन्त्री बनेका छन् । गण्डकी मन्त्रिपरिषद्मा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिए पनि मनाङेलाई कुनै जिम्मेवारी दिइएको छैन । दीपकले सुरुमा गृह र त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गरिरहेका छन् । त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय नै छन् । मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए । ...

प्रतिनिधिसभा विघटनविरुद्ध रिट दिएका सांसदका तर्फबाट सुरुवाती सुनुवाइ सकियो

प्रतिनिधिसभा विघटनविरुद्ध रिट दिएका सांसदका तर्फबाट सुरुवाती सुनुवाइ सकियो
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका १ सय ४६ सांसदका तर्फबाट सुरुवाती सुनुवाइ आज सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो । रिट निवेदकलाई दिइएको १२ घण्टा समय सकिएको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बताए । विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ...

डिल्ली फोम्बोको  लिम्बु भाषाको गीत  ” फुङ्गवा साम्लो ” सार्वजनिक

डिल्ली फोम्बोको  लिम्बु भाषाको गीत  ” फुङ्गवा साम्लो ” सार्वजनिक
धरान / गायक डिल्ली फोम्बोले लिम्बु भाषाको " फुङ्गवा साम्लो " बोलको गीत सार्वजनिक गरेका छन्। दिल सिंह मेयांग्बो (मेनिनम्यांग ) को रचनामा गायक फोम्बोकै संगीतमा तयार भएको गीतमा लिम्बु समुदायको मुन्धुममा वर्णन गरिए अनुरुप बिभिन्न फुलहरुलाई मानब जीवनका बिभिन्न पक्षहरु सँग प्रतिकको रुपमा वर्णन गरिएको छ। मुन्धुममा वर्णन गरिए अनुसार सिल्लरी (धनियाँ ) फुल मानव चोलाको प्रतीकात्मक फुल हो भने बाबर...

हङकङमा खोप लाउनेलाई आइफोन 12 पुरस्कारको रूपमा जित्ने अवसर

हङकङमा खोप लाउनेलाई आइफोन 12 पुरस्कारको रूपमा जित्ने अवसर
२५ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारको भ्याक्सिन अभियानमा टेवा पुर्याउन सन हुङ केइ र क्वक फेमिलीले हङकङ डलर एक करोड भन्दा बढी मुल्यको भाग्य  चिट्ठाको प्रायोजन गर्ने भएको कुरा जुन ४ तारीख सार्वजनिक गरेको थियोे । आज जुन २५ तारीख बिहान ९ बजेबाट सो भाग्य चिट्ठाको लागि नाम दर्ता गर्ने प्रक्रिया शुरु भएको छ। यो लक्की ड्र दैनिक ६२ दिन सम्म जुलाई १ तारीख देखि अगस्ट महिना ३१ तारीख स...

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता  राई प्रथम
राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई "देशको नक्शा" भन्ने कविता मार्फत प्रथम हुनुभएको छ । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय "डढेलोपछि पनि वसन्त आउँछ" तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द" युगीन प्रतिध्वनि ",ताप्लेजुङकी सविता बराल "आमा म आएँ अब" र नुवाकोटका प्रकाश सिलवाल "बोधिसत्वको खोप" तृतीय हुनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, ...

श्रीमानको मृत्युपछि भावनात्मक रुपमा एक्लै छु भन्ने नठान्नुस : कमला पराजुली, अध्यक्ष, महिला आयोग

श्रीमानको मृत्युपछि भावनात्मक रुपमा एक्लै छु भन्ने नठान्नुस : कमला पराजुली, अध्यक्ष, महिला आयोग
काठमाडौं । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले श्रीमानको मृत्युपछि बिधुवा भएर बाँचिरहेका महिलाहरूको जीवन अहिले पनि कष्टकर रहेको बताएकी छन् । श्रीमानको मृत्युको दोषी श्रीमतीलाई ठानेर श्रीमानको चितामा श्रीमतीलाई जिउँदै जलाउने सती प्रथा हटेको सय वर्ष बितिसक्दा पनि भावनात्मक रुपमा अहिले पनि लाखौं श्रीमतीहरू श्रीमानको मृत्युको भागेदार भइरहेको पराजुलीले बताइन् । ‘महामारीमा एकल महिलाको सशक्ति...