काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
अत्यावश्यक कामविना घरबाट निस्कनेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना गरिने, मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने, कालोबजारी र कृत्रिम अभाव ...







