सिक्किम यात्रा र अनुभुति
नरजित राई
(क) गान्तोक सम्म
२४ अप्रिल २०२३ का दिन पहिलो पटक सिक्किम घुम्न जाँदै थिए। मैले सिलिगुडी बजार, कर्स्याङ्ग, मिरिक, दार्जिलिङ पहिलै नै यात्रा सकेको थिए। तर सिक्किम घुम्न भने साइत जुरेको थिएन। हामीले काकडभिट्टाबाट सिक्किमका लागि आतेजाते १९००० भा. रु. मा जीप रिजर्भ गरेका थियौं। बिहानको ४:५० बजेको पहिलो बसमा काकडभिट्टा लाग्नु पर्छ है भेना शिवले सम्झाएकी थिइन। मलाई बिहान ३:०० बजे न...









