म एक विद्यार्थी – मुनाराज शेर्मा

म एक विद्यार्थी – मुनाराज शेर्मा
बाल साहित्य - कथा "ह्या!आज होमवर्क गर्न पनि भ्याइन।अब सरले गाली गर्नु हुन्छ।" "बिहानै उठ्यो आँगन बढार, कुचो लगा, चिया पका, खोले पका, भाडावर्तन मोल आफै।कति हैरान हाऊ! घरको छोरी मान्छे हुनु पनि कति गाह्रो । खाना पनि आफै पकाउनु पर्ने।फेरि भाडा माझ्नु पर्यो।अनि कति खेर फुर्सद हुनु? सबको अगाडि चिया पुर्याइ दिनु पर्ने।खाना पस्किनु बाँढ्नु कामको बोझले होला बेलुका पढौं भन्यो भुसुक्कै निदाइन्छ।" हतार-हता...

लीलालेखन एक लिटरेरी डिस्कोर्स हो यसको अस्तित्व साहित्यमा निकै परसम्म छ : रत्नमणी नेपाल

लीलालेखन एक लिटरेरी डिस्कोर्स हो यसको अस्तित्व साहित्यमा निकै परसम्म छ : रत्नमणी नेपाल
बुबा गणेशप्रसाद नेपाल र आमा सितादेवी नेपालका ६ सन्तानमध्ये चौथो सन्तानको रुपमा भोजपुर जिल्ला कोट गाविसमा जन्मिएका रत्नमणि नेपाल पचासको दशकमा उदाएका एक शक्तिशाली आख्यानकार तथा कवि हुन। लेखनको सुरुवाती दिनबाटै लीलालेखनमा आवद्व नेपालले नेपाली साहित्यमा ईन्द्रबहादुर राई पछि कृष्ण धरावासी सगँसगै यो साहित्यिक बिचारलाई अघि बढाएका हुन । साहित्य, विश्व जगत र जीवनलाई अनुभूत गर्ने आफ्नै व्याख्या बोलेको लीलाल...

साताको तीन कविता – कवि राजु स्याङतान

साताको तीन कविता – कवि राजु स्याङतान
७० को दशकदेखि कविता लेख्न थालेका कवि राजु स्याङतान नेपाली वर्तमान कविता लेखनमा एक शक्तीशाली उपस्थीति हो । उनका कविताले नेपाली समाजमा पीँधमा रहेका जनताका आवाजहरुलाई शसक्तरुपमा बोलीरहेको हुन्छ । महोत्तरी बर्दिवासका उनी हाल नयाँ पत्रिका दैनिकमा आवद्ध छन । पत्रकारितामा विशेषतः फिचर समाचार लेख्छन । प्रस्तुत छ, साताको तीन कविता । नेपाल यातायात समयको निर्मोही छातिमाथि बेमतलब दौडीरहेको छ एउटा बस उसको नि...

कथा -अन्तिम अस्त्र

कथा -अन्तिम अस्त्र
ज्योति जङ्गल- बिहानै सामनाले फोन गरेर बोलाएकी थिई ।अत्यन्त उदास स्वर थियो । बोली पनि उसको जस्तै लागेन। “तँ आइज न । तैंले पनि पराई सम्झिस ?” भर्खरै उसले बिहे गरेकी थिई । त्यसको चर्चाले सहर सेलाएकै थिएन । मेरो आदर्शले पनि उसले गरेको बिहेलाई ठीक बेठीक छुट्याउन सकेको थिएन । समाजका कतिलाई त ठट्टा भएको होला कतिलाई झापड जस्तो । आन्तरिक द्वन्दमै म उसको घर पुगेँ । मैले उसको नव दाम्पत्य जीवनलाई जिस्काएंँ,...

साताको तीन कविता -कवि सुन्दर कुरुप

साताको तीन कविता -कवि सुन्दर कुरुप
खास नाम सुन्दर कुमार लावती तर नेपाली साहित्यको कविता लेखनमा एक बिशिष्ट कविको रुपमा स्थापीत कवि सुन्दर कुरुप शान्त र सुन्दर कविता लेख्न सक्ने कम नेपाली कवि मध्ये एक हुन । आफ्नो कविताहरुमा मानिसको संवेदनाहरुलाई अत्यन्तै शालिनरुपमा राख्न सक्नु उनको कविताहरुको प्रमुख बिशेषता हो । पचासको दशकदेखी नेपाली साहित्यमा निरन्तर लेखीरहेका यी लेखकको हालसम्म 'जूनको अनुहार' गजल संग्रह 'पृथ्वीको आविस्कार' कविता...

साताको तीन कविता – कवि दिपा एवाई

साताको तीन कविता – कवि दिपा  एवाई
दुई दशक भन्दा लामो समयदेखि कविता लेखनमा सकृय कवि दिपा एवाइ नेपाली कविता लेखनको बर्तमान समयमा नारी चेत र स्वरलाई शक्तीशाली रुपमा आफ्नो लेखनीमा ल्याउन सक्ने कम नेपाली लेखकहरुमध्ये एक हुन । उहाँको लेखनीमा नेपाली महिलाले भोग्नु परेको अन्याय र अत्यचारको बिरोधमा प्रतिकार गरिहेको हुन्छ । कवितामा महिलाको मनोदशालाई सजीव र जीवन्त रुपमा राख्न सक्नु उहाँको कविताको बिशेषण हो । प्रस्तुत छ साताको तीन कविता । बि...

प्रेमको अर्को स्वरुप संगीत हो – प्रथम सरोदबादक रुपा न्यौपाने

प्रेमको अर्को स्वरुप संगीत हो – प्रथम सरोदबादक रुपा न्यौपाने
सरोद बादनको क्षेत्रमा नेपालको प्रथम सरोदबादक भनेर आफ्नो नाम स्थापित हुदै गर्दा उनले बाँचेर आएको जीवन र संर्घष आम महिलाको निम्ति एक प्रेरणा बन्न सक्छ । सानो छँदा रेडियो नजिक बसेर घन्टौं बसेर रेडियोमा बजेको शास्त्रीय धुन सुन्नु उनको निम्ति एक आदत थियो । रेडियो नसुनेको दिन उनलाई खल्लो लाग्थ्यो। भित्र कतै केही नभए झैँ रित्तो अनुभुत हुन्थ्यो। उबेला बेलुका आठ बजेको समाचारअघि शास्त्रीय संगीत बज्थ्यो, आमा...

साताको तीन कविता-कवि बादलदेवी चाम्लिङ

साताको तीन कविता-कवि बादलदेवी  चाम्लिङ
नेपाली कविता लेखनको क्षेत्रमा आफ्नै मौलिकताका साथ आफ्नो पुस्ताहरु माँझ शिल्प र बिचारको आधारमा ससक्तरुपमा आइरहेकी कवि बादलदेवी चाम्लिङ एक शक्तिशाली कवि हुन। कविता लेखनमा महिलाले भोगीरहेको जीवन र उनिहरु माथि भैरहेको ज्यादतीको बिरोधमा जबरजस्त आफ्नो कवितामा बिद्रोह गरिरहेकी यी कविको कविता आम पाठकहरुले पनि त्यतिकै रुपमा रुचाउदै आइएका छन । प्रस्तुत छ साताको तीन कविता । घरफूलहरु बुकी, मखमली पनि हैन अझ ...

प्रेमदेखि जेलसम्म -कथा

प्रेमदेखि जेलसम्म -कथा
रुमु न्यौपाने- भर्खरै सकिएको तिहारले खल्लो महसुस गराईरहेको छ । सबै कुरा त्यस्तै त हुन्छन जब आउँछन हर्ष र उमंगका साथ आउँछन अनि जब जान्छन सबैलाई खिन्न बनाएर जान्छन । सधैंभरी आफूसंगै रहिरहने कुरा के होला र ? संगै मर्ने संगै जिउने कसम खाएर अग्नीलाई साक्षी राखेर विवाह गरेको श्रीमान त आफूभन्दा धेरै टाढा छन भने अरु आफ्नो समिपमा रहुन भन्ने अपेक्षा कसरी गर्न सक्छु र म ? बाबा र ममिको हार्दिक अनुरोधमा मैले...

साताको तीन कविता – कवि रोशन परियार

साताको तीन कविता – कवि रोशन परियार
धनकुटा जिल्ला ,पाख्रीबास स्थायी घर भएका कवि रोशन परियार कविताको यात्रामा निकै परसम्म हिडन सक्ने कवि हुन । जीवनका गम्भीर अनुभव र अनुभूतिहरुलाई सरल शान्तरुपमा कवितामा राख्न सक्नु उनको कविताको बिशेषता हो । शान्त समुन्द्र जस्तो उनको कविताले बोकेको अनुभूतिहरु कुनै गहिरो महासागर भन्दा कम छैन । प्रस्तुत छ साताको तीन कविता । नबिर्स बाँध्छौ भने मेरो यात्रा बाँध थुन्छौ भने मेरो दृष्टि थुन भाँच्छौ भने मेरो...