आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट

आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गरेका हुन् ।

पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार

पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार
काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने बताएको छ । आर्थिक वर्ष २०७८र७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताए । बजेटले सञ्चार ...

१ लाख ६८ हजार घरका खरका छाना विस्थापित गर्ने सरकारी लक्ष्य

१ लाख ६८ हजार घरका खरका छाना विस्थापित गर्ने सरकारी लक्ष्य
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छाना विस्थापित गर्ने लक्ष्य घोषणा गरेको छ । यसका लागि प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने छ । अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०७८/0७९ को बजेट सार्वजनिक गर्दै ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।

सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो

सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको छ । आर्थिक वर्ष २०७८/७९ का सरकारले निजामती कर्मचारीको तलव बढाउने निर्णय गरेको छ । कोरोना महामारीका बीच कर्मचारीको मनोबल बढाउन उक्त निर्णय लिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । त्यस्तै कर्मचारीले हाल पाइरहेको महंगी भत्तालाई कायमै राखिएको छ । साथै तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न पे कमिसन गठन गर्ने समेत मन...

बजेट : रेल मार्गको लागि १० अर्ब ३ करोड

बजेट : रेल मार्गको लागि १० अर्ब ३ करोड
काठमाडौं । सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९÷०७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए । उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल चलाइने घोषणा गरेका छन् । अहि...

अब ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार

अब ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार
काठमाडौं । अब ज्येष्ठ नागरिकले मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पाउने भएका छन् । आज शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएपछि अब ज्येष्ठ नागरिकले महिनामा ४ हजार भत्ता पाउने भएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अ...

अनेमसंघद्वारा राष्ट्रपतिको चरित्र हत्या गर्ने काम बन्द गर्न माग गर्दै ज्ञापनपत्र

अनेमसंघद्वारा राष्ट्रपतिको चरित्र हत्या गर्ने काम बन्द गर्न माग गर्दै ज्ञापनपत्र
काठमाडौं । अखिल नेपाल महिला संघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि विभिन्न लान्छना लगाई व्यक्तिगत चरित्र हत्या गर्ने काम बन्द गराउन भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिबाट संविधानप्रदत्त दायित्व निर्वाह गर्दाका विषयहरुमाथि प्रश्न उठाई राजनीतिक दल, सञ्चार माध्यमलगायत विभिन्न सामाजिक सञ्जालमा विभिन्न किसिमका गाली गलौज गर्ने, अपमानित गर्ने, सामाजिक ...

यी हुन् आफैले संरक्षण गरेका बालिकामाथि यौन हिंसा गर्ने गुम्बा सञ्चालक

यी हुन् आफैले संरक्षण गरेका बालिकामाथि यौन हिंसा गर्ने गुम्बा सञ्चालक
काठमाडौं । आफैले संरक्षण गरेका बालिकामाथि यौन हिंसा गरेको आरोपमा पक्राउ परेका गुम्बाका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका–२ वनखेतस्थित अहिंसावादी विश्वशान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामाविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार गुम...

उज्वल थापाको परिवारले दुर्गा प्रसाईले दिने भनेको सहयोग नलिने

उज्वल थापाको परिवारले दुर्गा प्रसाईले दिने भनेको सहयोग नलिने
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले दुर्गा प्रसाईले दिने भनेको सहयोग अस्वीकार गरेको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने कार्यकारी निर्देशक दुर्गा प्रसाईले विज्ञप्तिमार्फत घोषणा गरेका थिए । थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्...

डाक्टर तथा नर्शमाथि कुटपिट गर्ने रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता

डाक्टर तथा नर्शमाथि कुटपिट गर्ने रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता
दाङ । भेरी अस्पताल बाँकेका डाक्टर तथा नर्शमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ । रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । रावतमाथि बिहिवार साँझ कोरोना संक्रमित दाइको मृत्युुपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको र अस्पताल तोडफोड गरेको आरो...