महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम

महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ । यसअघि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा प्राप्त नभएकाले दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण पत्र पठाइएको हो । पार्टी केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्ध...

काठमाडौँ महानगरबाट ३ सय ९ बेडको आइसोलेसन र ३५ बेडको विषेश अस्पताल सञ्चालन

काठमाडौँ महानगरबाट ३ सय ९ बेडको आइसोलेसन र ३५ बेडको विषेश अस्पताल सञ्चालन
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उद्देश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । जानकारी अनुसार ...

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन (हेर्नुहोस् पूर्ण पाठ)

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन (हेर्नुहोस् पूर्ण पाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन अगाडि नै सबै जनतालाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सम्बोधनको पूर्णपाठ सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्यू, ...

२४ घण्टामा ७ हजार २ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त

२४ घण्टामा ७ हजार २ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार २ सय २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ३९ जना नयाँ संक्रमित भेटिँदा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४ सय १४ पीसीआर परीक्षणमा ६ हजार ७ सय ३१ र ५ सय ७८ एन्टिजेन परीक्षणमा २ सय ८ जना गरी पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ नयाँ संक्रमित भेटिएका हुन् । योसँगै नेपालम...

काठमाडौँ पुनः बर्डफ्लु देखियो

काठमाडौँ पुनः बर्डफ्लु देखियो
काठमाडौँ । कोरोना महामारीका कारण जनजीवन प्रभावित भइरहेका बेला काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि...

युट्युबमार्फत गलत प्रसारण गर्नेहरुलाई कारवाही गर्न प्रेस काउन्सिलसँग माग

युट्युबमार्फत गलत प्रसारण गर्नेहरुलाई कारवाही गर्न प्रेस काउन्सिलसँग माग
काठमाडौं । पत्रकारिताको मर्म विपरित युट्युबका माध्यमबाट गलत प्रसारण गर्नेहरुलाई तत्काल कारवाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरिएको छ । अनलाइन टिभी पत्रकार सङ्घले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई आज बिहीबार ज्ञापनपत्र बुझाउँदै उक्त माध्यममा विकृति गर्नेहरुलाई कारवाही गर्न माग गरेको हो । सङ्घका अध्यक्ष जीवन भण्डारीले युट्युबलगायतका विभिन्न माध्यमबाट भिडियो सामग्री सम्प्रेषण गर्न...

सर्वोच्चले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिएन

सर्वोच्चले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिएन
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका १८ वटा रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलाशले आज रिटको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घ...

वनमन्त्री आलेले भने, ‘मैले जनतालाई गरेको सहयोगप्रति रिस, डाह छ भने मेरोभन्दा धेरै सहयोग गरे हुन्छ’

वनमन्त्री आलेले भने, ‘मैले जनतालाई गरेको सहयोगप्रति रिस, डाह छ भने मेरोभन्दा धेरै सहयोग गरे हुन्छ’
काठमाडौँ । अक्सिजनको सिलिण्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेपछि यो हप्ता आलोचना खेपिरहेका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछामलाई अक्सिजन खरिदका लागि एक लाख व्यक्तिगत सहयोग गरेका छन् । अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि मन्त्री आलेले अस्पताललाई आफ्ना तर्फबाट एक लाख उपलब्ध गराएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । अछाममा अक्स...

देशभर ६ हजार ६ सय ७७ जना कोरोना संक्रमित थपिए

देशभर ६ हजार ६ सय ७७ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६ सय ७७ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो । ३ सय २२ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा पोजिटिभ देखिएको छ । यस्तै २४ घण्टामा ६ हजार ७ सय १६ जना नि...

राष्ट्रपति भण्डारीले गरिन् भारतका राष्ट्रपतिसँग खोप उपलब्ध गराइदिन आग्रह

राष्ट्रपति भण्डारीले गरिन् भारतका राष्ट्रपतिसँग खोप उपलब्ध गराइदिन आग्रह
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज भारतका राष्ट्रपति कोविन्दलाई पत्राचार गर्दै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेकी हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालक अनुसार राष्ट्रपति भण्डारीले कूटनीतिक माध्यममार्फत भारतका राष्ट्रपतिलाई नेपालमा खोप ...