पापी कोरोना : ३ दिनमा ३ दाजुभाइको निधन भएपछि पीडामा परेकी दिदीले पनि संसार त्यागिन्

पापी कोरोना : ३ दिनमा ३ दाजुभाइको निधन भएपछि पीडामा परेकी दिदीले पनि संसार त्यागिन्
काठमाडौं । कोरोना संक्रमणबाट एकै परिवारका तीन दाजुभाइको मृत्यु भएपछि बाँकेको एउटा गाउँ नै शोकमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइको कोरोनाबाट ज्यान गएपछि गाउँ नै शोकमा डुबेको हो । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको बेला स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइला ४८ वर्षका इम्तियाज अमहद, राइला ४६ वर्षका एजाज अ...

प्रधानमन्त्रीलाई कांग्रेसले बुझायो १५ बुँदे ज्ञापन पत्र

प्रधानमन्त्रीलाई कांग्रेसले बुझायो १५ बुँदे ज्ञापन पत्र
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै देउवाले पार्टीको तर्फबाट ज्ञापन पत्र बुझाएका हुन् । पार्टीका पदाधिकारीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन...

उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी

उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी
काठमाडौँ । उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी गरेर मत मागेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध उजुरी परेको हो । निर्वाचन आयोगमा प्रवक्ता ...

मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध चार दल अदालत जाने

मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध चार दल अदालत जाने
काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी चार दल मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । आज बुधबार बसेको विपक्षी चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो । प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको व...

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई जिताउन ओलीको अपील

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई जिताउन ओलीको अपील
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन पार्टीका मतदातालाई अपील गरेका छन् । वागमती प्रदेशमा भोलि जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । चुनाव हुने अघिल्लो दिन अध्यक्ष ओलीले पार्टीभित्र नै विवाद रहेको स्वीकार गर्दै यस्तो अपील गरेका हुन् । ‘अहिले पार्टीभित्र देखापरेका समस्या समाधा...

दाजुले भाइलाई बनाए संवैधानिक आयोगको सदस्य !

दाजुले भाइलाई बनाए संवैधानिक आयोगको सदस्य !
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संवैधानिक परिषदका सदस्य हुन् । बैशाख २६ गते बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकमा अध्यक्ष तिमिल्सिनाले आफ्नै सहोदर भाइलाई संवैधानिक निकायका रुपमा रहेको समावेशी आयोगको सदस्यमा सिफारिस गरेका छन् । आयोगको नाम समावेशी भनिए पनि दाजुले भाइलाई सिफारिस गरेर ‘पारिवारिक आयोग’ बनाइदिएका छन् तिमिल्सिनाले । बैशाख २६ गते परिषदले लोकसेवा, निर्वाचन आ...

राप्रपाले रामबहादुर थापालाई भोट हाल्ने

राप्रपाले रामबहादुर थापालाई भोट हाल्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार हुने उप निर्वाचनमा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार तथा गृह मन्त्री रामबहादुर थापालाई मतदान गर्न निर्देशन गरेको छ । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यमा रिक्त रहेको एक सिटका लागि भोलि उप निर्वाचन हुने भएको हो । यसका लागि एमालेले नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका बादललाई उम्मेदवार बनाएको हो । निर्वाचन...

कोभिडमा १२२ अधिकारकर्मीहरुको सामूहिक अपीलः नागरिकको जीवन रक्षा गर

कोभिडमा १२२ अधिकारकर्मीहरुको सामूहिक अपीलः नागरिकको जीवन रक्षा गर
काठमाडौं ।  कोभिड–१९को दोस्रो लहरबाट आम नागरिकहरु आक्रान्त भइरहेका अवस्थामा मानव जीवनको रक्षा गर्न १२२ अधिकारकर्मीहरुले सामूहिक रुपमा अपील गरेका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा रहेको मानव अधिकारकर्मी, महिला, अपाङ्ग, दलित अधिकारकर्मी तथा समाजिक अभियन्ताहरुले नेपाली जनता तथा नेपालमा रहेका अन्य मुलुकका नागरिकहरुको पनि जीवन रक्षाका लागि सरकारसँग सामूहिक अपील गरेको हुन् । कोरानाका विरामी...

कांग्रेसले ४२ जिल्लाका पार्टी कार्यालयलाई आइसोलेसन सेन्टर बनाउने

कांग्रेसले ४२ जिल्लाका पार्टी कार्यालयलाई आइसोलेसन सेन्टर बनाउने
काठमाडौं । नेपाली कांग्रेसले ४२ जिल्लाका पार्टी कार्यालय भवनहरूलाई कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर उपलब्ध गराउने निर्णय जानकारी दिएको छ । सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा बरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी कांग्रेसको कोभिड– १९ अनुगमन समितिले मंगलबार गरेको प्रदेश १ का नेता कार्यकर्तासँगको छलफलमा सभापति देउवाले बालबालिकाका लागि विशेष वार्ड र आइसियूको व्यवस्था गर्न म...

एक दिनको अन्तरमा बाउछोराको मृत्यु भएपछि गाउँ नै सोकमा

एक दिनको अन्तरमा बाउछोराको मृत्यु भएपछि गाउँ नै सोकमा
काठमाडौं । दाङको बबई गाउँपालिकामा एक दिनको अन्तरमा बाउछोराको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बुवाछोराको मृत्यु भएपछि गाउँ नै सोकमग्न छ । बबई गाउँपालिकाको ट्वाङखोला घाटमा हिजो सोमबार दिउँसो पत्रकार लक्ष्मण बस्नेतका बुवा टोपबहादुर बस्नेतकोे दाहसंस्कार हुँदै थियो । उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुवाको शव सोमवार गृहस्थानमा ल्याएर दाहसंस्कार गर्न थालिएको थियो । प...