राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा २५ वटा रिट
काठमाडौं । यही जेठ ७ गतेको राष्ट्रपतिको निर्णयविरुद्ध २५ वटा रिट सर्वोच्च अदालतमा पुगेका छन् । विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री घोषित गर्नुपर्ने मागसहित रिट निवेदन लिएर जान नभ्याए पनि आज आइतबार केपी शर्मा ओली र शेरबहादुर देउवाको प्रधानमन्त्री दावी अश्वीकार गरेको निर्णयविरुद्ध दुईथरी रिट सर्वोच्चमा पुगेका छन् ।
सर्वोच्च अदालतले भने दुवैथरी रिट अध्ययनका क्रममा रहेकाले आज कुनै पनि रिट दर्त...








