प्रधानमन्त्री ओलीको प्रस्ताव काँग्रेस सभापति शेरबहादुर देउवाद्वारा अस्वीकार

प्रधानमन्त्री ओलीको प्रस्ताव काँग्रेस सभापति शेरबहादुर देउवाद्वारा अस्वीकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन गरिएको प्रस्ताव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा आज बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएका हुन् । काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले ओली पक्षसँग सत्त...

बेलायतमा नेपाली मूलका विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित

बेलायतमा नेपाली मूलका विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित
लन्डन । बेलायती राजनीतिमा इतिहास रच्दै पहिलो पटक नेपाली मूलका विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित भएका छन् । बेलायतमा भइरहेको स्थानीय निर्वाचन अन्तर्गत होन्स्लो बोरो काउन्सिलका मेयरमा गुरूङ निर्वाचित भएका हुन् । भूतपूर्व गोर्खा सैनिक समेत रहेका गुरूङ विपक्षी लेबर पार्टीबाट काउन्सिल प्रमुखमा चुनिएको निर्वाचन आयोगले जनाएको छ । उनले सत्तारुढ कन्जर्भेटिभ पार्टीका रञ्जित गिललाइ पराजित गरेका थिए । गुर...

काँग्रेस पनि प्रधानमन्त्रीलाई असफल बनाउन लाग्ने

काँग्रेस पनि प्रधानमन्त्रीलाई असफल बनाउन लाग्ने
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल पार्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवासमा आज मंगलवार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै उनलाई विश्वासको मत लिनबाट रोक्न र योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै काँग्रेसका सहमहाम...

माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने, सरकार अल्पमतमा

माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने, सरकार अल्पमतमा
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण भोलि बुधबार कार्यालय खुलेपछि म...

राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी

राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ७ अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधनसहितका अध्यादेश जारी गरेकी हुन् । आज जारी अन्य अध्यादेशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधी (तेस्रो संशोधन) अध्याद...

चीनबाट २० हजार खाली सिलिन्डर ल्याइने

चीनबाट २० हजार खाली सिलिन्डर ल्याइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए ।  मन्त्रालयले प्राणव...

मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गर्दै बिल गेट्स

मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गर्दै बिल गेट्स
लण्डन । संसारको सबैभन्दा ठूलो परोपकारी कोष स्थापना गरेका जोडी बिल र मेलिन्डा गेट्सको दम्पतीले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गरेका छन् । एउटा संयुक्त विज्ञप्तिमा उनीहरूले आफ्नो संस्थाका लागि भने मिलेर काम गर्ने जनाएका छन् । माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष गेट्स विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन् । उक्त जोडीले ‘धेरै विचार गरेर र आफ्नो सम्बन्धमा धेरै परिश्रम खर्चेर विवा...

लैङ्गिक समानतासम्बन्धी कार्यक्रमका दातृ निकायहरु नेपालबाट असन्तुष्ट

लैङ्गिक समानतासम्बन्धी कार्यक्रमका दातृ निकायहरु नेपालबाट असन्तुष्ट
रूबी रौनियार काठमाडौं । लैङ्गिक समानतासम्बन्धी कार्यक्रममा लगानी गर्ने प्रमुख दातृ निकायहरु नेपालबाट असन्तुष्ट देखिएका छन्। लैंगिक समानतासम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक, विश्व बैंक, अन्तर्राष्ट्रिय विकास संगठन, डिएफआइडी, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएड) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले आर्थिक सहयोग गर्दै आएका ती निकायहरु असन्तुष्ट देखिएका हुन्।...

प्रसुति गृहले ल्यायो ५० बेडको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा

प्रसुति गृहले ल्यायो ५० बेडको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा
काठमाडौं । परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले कोरोना संक्रमित महिलाहरुको उपचारका लागि ५० बेडको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा ल्याएको छ । अस्पतालले कुपण्डोलमा रहेको आफ्नो नर्सिङ कलेज भवनलाई एचडीयू युनिट बनाएर सेवा सञ्चालनमा ल्याएको हो । अस्पतालका निर्देशक डा. संगिता मिश्राले न्युन मध्यमबर्गीय महिलाहरुलाई सेवा दिने लक्ष्यका साथ एचडीयू सञ्चालनमा ल्याइएको बताइन् । ५० मध्ये १५ बेड ग...

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अत्यावश्यक कामविना घरबाट निस्कनेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना गरिने, मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने, कालोबजारी र कृत्रिम अभाव ...