एमाले केन्द्रीय समिति महाधिवेसन आयोजक समितिमा परिणत
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेसनका लागि आयोजक कमिटी गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अहिलेको केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गर्ने निर्णय गरेको हो ।
हाल विद्यमान २ सय ६४ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेसन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।
यसअघि बसेको केन्द्...









