प्रतिनिधिसभा विघटन राजनीतिक नभई असंवैधानिक कदम
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी बहसमा एमिकस क्युरीका तर्फबाट बोल्दै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई असंवैधानिक कदम भएको जिकिर गरेका छन् ।
उनले सर्वोच्च अदालतले प्रतिनिधि विघटन असंवैधानिक नै भएको घोषणा गर्नुपर्नेमा जोड दिए । उनले भने– हामीले मानेको प्रणाली भनेको संसदीय सर्वोच्चता नभएर संविधानको सर्वोच्चता हो। संसदीय व्यवस्था हुनेबित्तिकै प्रधानमन्त्रीले संस...








