कथा – सौता

कथा – सौता
सन्ध्या क्षेत्री कार्की मनु मान्छे छोटो कदकी छिन। पातली  हेर्दा चिटिक्क जिउ मिलेको गोरी राम्री  । काम गर्नमा पनि  खुब जागरिलो छिन । कुनै काम गर्न नाइ नास्ती गर्दिनन । निक्कै अघि बिहे गरेर आउदा सुनाउथिन  " घरमा आमा बाबा दिने खाने नै भए पनि घरको जेठी छोरी भएर होला सबै काम गर्नु पर्थ्यो। घर भान्सा मेलापात  गाईगोठ इत्यादि आफैले गर्नु पर्थ्यो।" तेहि भएर पनि होला अहिले उनलाई कुनै काम गर्न गाह्रो ला...

कथा : कार्बनफुटप्रिन्ट र शंकाको उत्सर्जन

कथा : कार्बनफुटप्रिन्ट र शंकाको उत्सर्जन
विजय हितान- मिर्मिरेबिहानिमा : एली कार लिएर बिहानै आइन । हामी लाग्दै गरेको आजको गन्तव्य स्थानको बाटैमा पर्छ मेरो घर । गत शुक्रबार हामीले बनाएका थियौँ सँगै जाने योजना । मेरो झोला कारको पछाडि सिटमा फालेर म अगाडि बसेँ । ‘गुड मर्निङ एली ! कस्ती छौ ? सप्तान्त कस्तो बित्यो ?’ मैले कारको सिटबेल्ट लगाउँदै सोधेँ । ‘चिसो मौसमका कारणले कतै गइनँ । कुकुर डुलाउन बिहान बेलुका डावर नदीको किनारतिर निस्केँ । मा...

कथा – खत

कथा – खत
केशवराज ज्ञवाली ‘दाइ एकैछिन भेटनुपर्ने थियो ?’ उसले हेलो भन्ने बित्तिकै भन्यो । मलाई उसको आवाज परिचित लागेन । परिचय सोध्न भ्याएकै थिइनँ, फेरि आवाज आयो, ‘दाइले मलाई चिन्नुभएन होला, म श्रवण ।’ मैले अझै चिनिनँ । तर भनेँ, ‘भन्नुस श्रवणजी, केही काम छ कि ?’ ‘दाइले मेरो केसको कथा लेख्नुभएको थियो । त्यसकै सिलसिलामा भेटनु थियो ।’ ‘एऽऽ’ मैले बल्ल बुझेँ । ऊ पक्का पनि मेरो अफिसमा आएको होला । मैले उसलाई मेरा ...

कथा – स्याबास शुभश्री !

कथा – स्याबास शुभश्री !
दीप्स शाह आक्कल झुक्कल अफिसको ढोकैमा भेटिंदा म उसका आँखा नियाल्थें । अनगिन्ति अनुहारसंग मेरा आँखा ठोक्किन्छन तर केहि खास अनुहारका खास आँखाहरुले मलाइ तुरुन्तै कैद गर्छन। यसरी मेरा आँखालाइ कैदी बनाउने अत्यन्त सिमित आँखा मध्ये उसका ति दुइ शान्त आँखा पनि थिए । सामान्य चिनाजानी थियो हामी बीच । म त्यो सामान्यलाइ प्रगाढ बनाउने प्रयत्नमा थिएँ । एउटा नजानिँदो आकर्षणको सिर्सिरे बतासले मलाइ हल्का छोए झैं भ...

म एक विद्यार्थी – मुनाराज शेर्मा

म एक विद्यार्थी – मुनाराज शेर्मा
बाल साहित्य - कथा "ह्या!आज होमवर्क गर्न पनि भ्याइन।अब सरले गाली गर्नु हुन्छ।" "बिहानै उठ्यो आँगन बढार, कुचो लगा, चिया पका, खोले पका, भाडावर्तन मोल आफै।कति हैरान हाऊ! घरको छोरी मान्छे हुनु पनि कति गाह्रो । खाना पनि आफै पकाउनु पर्ने।फेरि भाडा माझ्नु पर्यो।अनि कति खेर फुर्सद हुनु? सबको अगाडि चिया पुर्याइ दिनु पर्ने।खाना पस्किनु बाँढ्नु कामको बोझले होला बेलुका पढौं भन्यो भुसुक्कै निदाइन्छ।" हतार-हता...

कथा -अन्तिम अस्त्र

कथा -अन्तिम अस्त्र
ज्योति जङ्गल- बिहानै सामनाले फोन गरेर बोलाएकी थिई ।अत्यन्त उदास स्वर थियो । बोली पनि उसको जस्तै लागेन। “तँ आइज न । तैंले पनि पराई सम्झिस ?” भर्खरै उसले बिहे गरेकी थिई । त्यसको चर्चाले सहर सेलाएकै थिएन । मेरो आदर्शले पनि उसले गरेको बिहेलाई ठीक बेठीक छुट्याउन सकेको थिएन । समाजका कतिलाई त ठट्टा भएको होला कतिलाई झापड जस्तो । आन्तरिक द्वन्दमै म उसको घर पुगेँ । मैले उसको नव दाम्पत्य जीवनलाई जिस्काएंँ,...

प्रेमदेखि जेलसम्म -कथा

प्रेमदेखि जेलसम्म -कथा
रुमु न्यौपाने- भर्खरै सकिएको तिहारले खल्लो महसुस गराईरहेको छ । सबै कुरा त्यस्तै त हुन्छन जब आउँछन हर्ष र उमंगका साथ आउँछन अनि जब जान्छन सबैलाई खिन्न बनाएर जान्छन । सधैंभरी आफूसंगै रहिरहने कुरा के होला र ? संगै मर्ने संगै जिउने कसम खाएर अग्नीलाई साक्षी राखेर विवाह गरेको श्रीमान त आफूभन्दा धेरै टाढा छन भने अरु आफ्नो समिपमा रहुन भन्ने अपेक्षा कसरी गर्न सक्छु र म ? बाबा र ममिको हार्दिक अनुरोधमा मैले...

प्रेम

प्रेम
बालिका बान्तावा फेसबुकमा लामाे चिनजान र माया बसेपछिकाे आज उसंग पहिलाे भेट । हिजो रातभरि निदाउन सकिन । शुरूमा के भनेर बाेल्ने हाेला ? कसरी बाेल्ने हाेला ? फाेटाे जस्तै हाेला कि नहाेला ? कसरी चिन्ने हाेला ? साेच्दा साेच्दै बिहानी सुर्यकाे किरण मेराे काेठा भरि फैलीसकेछ । हतार हतार उठेर नुहाई धुवाई गरि सेताे कुर्ती र निलाे जिन्स पेन्ट लगाएर क्याफेतिर लाग्छु जहाँ हाम्राे भेटने सल्लाह थियाे । लगभग दस प...

कन्ट्रयाक्ट (कथा)- कथाकार महेशविक्रम शाह

कन्ट्रयाक्ट (कथा)- कथाकार महेशविक्रम शाह
- महेशविक्रम शाह भान्छामा खाना तयार थियो तर रिचर्ड आइपुगेको थिएन । ऊ यूट्युबमा नेपाली भिजुअल गीतहरु हेर्दै रिचर्डलाई कुरिरहेकी थिई । उसको जिउ थकाइले लखतरान भएको थियो । बाल्टिमोर सिटी सेन्टरको फास्टफुडमा सधैं घण्टौं उभिएर काम गर्नुपर्दा कम्मर र खुट्टा भाँचिएलान झैँ हुन्थे । आफ्नो जीविकाका लागि एकछिन विश्राम नलिई काम गर्नु उसको वाध्यता थियो र यसैसँग उसको आवश्यकता पनि जोडिएको थियो । यो काम पनि उसले...

गाउँ बिग्रियो नाती -कथाकार प्रेम रिबुसाल

गाउँ बिग्रियो नाती -कथाकार प्रेम रिबुसाल
कथा सहरका केटाकेटीहरु छाडा हुन्छन्, छाडा । साइनो छैन एक अर्कासंग बोल्न । साथिसंग बोल्दा तँ भन्छन। बिहेबारी गर्न जात भातको वास्ता छैन । केटा र केटी हात समाएर हिंड्छन। लाज, सरम—धरम केही छैन ! बाबै । मोटर साइकलमा हिँड्दा केटाको ढाडमा टाँसिएर पुरै शरीर केटालाई नै सुम्पिए जसरी अडेसिन्छन । यसरी बस्दा केटा पनि ढुक्कै पो बस्छन बा ... । छोरा मान्छेलाई के छ र ! पुरै जिउ ढाक्ने लुगा पाउँदैनन की पाएर पनि ...