डोमेस्टिक हेल्परले समेत भाग लिन पाउने चिट्ठा हङकङ टाउन ग्यासले राख्यो,३० लाख इनामको खोप चिट्ठाको रजिस्ट्रेसन खुल्यो
६ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङको टाउन ग्यास कम्पनी ( हङकङ एण्ड चाइना ग्यास कम्पनी लिमिटेड ) ले खोप भाग्य चिट्ठा अगस्ट २ तारीखबाट उडाउने भएको सूचना जुलाई २ तारीख प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेकोछ। प्रत्येक २ हप्तामा एक चोटि उड्ने यो भाग्य चिठ्ठा जम्मा ५ राउन्ड सम्म चल्नेछ । चिट्ठामा उडाइने विभिन्न पुरस्कारको कुल रकम हङकङ डलर ३० लाख बराबरको हुनेछ।
आकर्षक पुरस्कार...









