कोभिड -१९ महामारीको बेला हङकङ फर्किदा
- श्याम इङनाम
हङकङ उड्नु पुर्व
आमालाई मेडिसिटिबाट घर ल्याई सकेपछि हामी सबैमा खुशीको लहर छायो। अनुहारको अध्यारोपन विस्थापित हुदै गयो। सबैको मुहारमा हाँसोको फोहोरा छुट्न थाल्यो । संसारमा जन्मदिने आमा र बाबाको स्थान सर्वोच्च र अतुलनिय हुदोरहेछ। चाउरिएको मुहारमा मन्द मुस्कान देख्दा संसार जितेझैं लाग्ने रहेछ । घरको सौहार्द वातावरण अनि वरीपरि छोरा छोरीहरुको स्पर्शले होला आमाको स्वास्थ्यको प्...









