हङकङ साहित्यिक शृङखला नोभेम्बर सम्पन्न
टोपबहादुर याक्खा
२८ नोभेम्बर आइतबार हङकङमा सृजना वाचन, गायन तथा समीक्षा गर्दै १०७ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भएको छ। साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा जोर्डन स्थित नयाँ पेजको हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मगर संघ हङकङका अध्यक्ष एवं समाजसेवी हर्क प्रसाद राना मगर रहेका थिए ।
कार्यक्रमको प्रारम्भिक चरणमा अतिथि द्वय मगर संघ हङकङका अध्यक्ष...









