हङकङमा कोभिडभ्याक्सिन ग्रहण गरेपछि फेरि एक जनाको मृत्यु
२४ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।
एक ५८ वर्षकी एक महिलाले साइनोभ्याक कोरोना भाइरस भ्याक्सिन दोस्रो डोज अप्रिल १३ तारीख लगाएकी थिइन। अप्रिल २२ तारीख बिहीबार बिहान उनी अचानक बेहोस भएपछि उनलाई उपचारको लागि युनाइटेड क्रिश्चियन अस्पताल पुर्याइएको थियो । दुर्भाग्यवश हिजो २३ तारीख बिहान सबेरै २ बजे उनको निधन भयो। साइनोभ्याक भ्याक्सिनको पहिलो डोज उनले मार्च १६ तारीखका दिन लिएकी थिइन।
स्...









