समाचार
राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री थापा र देवकोटाको उम्मेदवारी दर्ता
काठमाडौं । आउँदो जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादल र एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीले उम्मेदवार बनाउने निर्णय गरेपछि एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहित आजै बिहान हेटौंडा पुगेका बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र समर्थकमा सामाजिक विकासमन्त्र...
सबै देशका उडान बन्द, भारतसँग मात्रै किन खुल्ला ?
नेपाल सरकारले अन्य सबै देशबाट हुने हवाई उडानलाई प्रतिबन्ध लगाउँदै भारतसँग मात्रै सातामा दुईवटा उडान सुचारु राख्ने निर्णय गरेको छ । अहिले भारतमै सबैभन्दा बढी कोरोना संक्रमण भएको अवस्थामा अन्य देशको उडान बन्द गरेर भारतसँग चाहिँ सातामा दुई दिन उडान चालु राखिएको हो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी अन्य देशको हवाई उडान बन्द गरेर भारतसँग मात्रै खोल्नुको कारण ‘एअर बबल सम्झ...
कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले वैशाख २५ गते शनिबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद् भवन, बानेश्वरमा बस्ने कांग्रेसले जनाएको छ ।
बैठकमा २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको बैठकलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार कांग्रेस ...
डाक्टर हर्क गुरुङ स्मृति कप भलिबल प्रतियोगिता न्युयोर्कमा सम्पन्न हुदै
न्युयोर्क ।अमेरिका । गुरुङ (तमु) सोसाईटी ईन्क यू.एस.ए.न्यूयोर्कले नेपाली राष्ट्रिय विभूति स्व.डा.हर्क गुरुङको स्मृतिमा यही आउॅदो मे महिनाको २९ र ३० तारीख मेमोरियल डे को अवसर पारेर वार्षिक रूपमा आयोजना गर्ने गरी ओपन भलिबल प्रतियोगिताको आयोजना गर्न गई रहेकोछ ।
गुरुङ समुदायबाट पहिलो पि.एच.डी. गर्नु भएका भूत पूर्व मन्त्री श्री स्व.डा.हर्क गुरूङ एसियाकै प्रख्यात भूगोलविद,वातावरण संरक्षणविद,राजनीत...
रहेनन चर्चित गायक प्रेमध्वज प्रधान
काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि आज बिहीबार बिहान उनलाई काठमाडौंको बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा उपचाररत प्रधानको दिउँसो १ः४५ बजेतिर निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।
उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।
प्रधानको पारिवारिक स्रोतअनुसार शवलाई आज...
कोरोनामा प्रदेश १ को सरकारले देखायो मानवीयता
काठमाडौं । प्रदेश १ सरकारले कोरोना भाइरसबिरुद्धको अभियानमा मानवता प्रदर्शन गरेको छ । फ्रन्टलाइनमा रहेर जिम्मेबारी निभाउने चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मीलगायतलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय गरेर सरकारले मानवता प्रदर्शन गरेको हो ।
बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले फ्रन्टलाइन कर्मचारीलाई सुरु तलवको ५० प्रतिशत उपलब्ध गराउने निर्णय गरेको हो । त्यसबाहेक उनीहरु संक्रमित...
नेपाल आदिवासी जनजाति महासंघ हङकङको अध्यक्षमा किसन राई
हङकङ । नेपाल आदिवासी जनजाति महासंघ हङकङको आठौं महाअधिवेशन सम्पन्न भएको छ । महाअधिवेशनले महासंघको नयाँ कार्यसमिति चयन गरेको छ । जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा आयोजित महासंघको महाअधिवेशनबाट अध्यक्षमा किसन राई चयन भएका छन् ।
यस्तै महासंघको उपाध्यक्षमा कृष्णराज लावती, महासचिवमा टोपराज तामाङ र कोषाध्यक्षमा करुणा प्रधानलाई चयन गरिएको छ । बाँकी पदमा कार्यसमितीले नियुक्ती गर्ने निर्णय भएको नवनिर्वाचित अ...
प्रधानमन्त्री ओलीको प्रस्ताव काँग्रेस सभापति शेरबहादुर देउवाद्वारा अस्वीकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन गरिएको प्रस्ताव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।
देउवा निवास बूढानीलकण्ठमा आज बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।
काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले ओली पक्षसँग सत्त...
राष्ट्रपतिद्वारा फेरि अर्को अध्यादेश जारी
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धीलगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।









