बेलायतमा नेपाली मूलका विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित

बेलायतमा नेपाली मूलका विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित
लन्डन । बेलायती राजनीतिमा इतिहास रच्दै पहिलो पटक नेपाली मूलका विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित भएका छन् । बेलायतमा भइरहेको स्थानीय निर्वाचन अन्तर्गत होन्स्लो बोरो काउन्सिलका मेयरमा गुरूङ निर्वाचित भएका हुन् । भूतपूर्व गोर्खा सैनिक समेत रहेका गुरूङ विपक्षी लेबर पार्टीबाट काउन्सिल प्रमुखमा चुनिएको निर्वाचन आयोगले जनाएको छ । उनले सत्तारुढ कन्जर्भेटिभ पार्टीका रञ्जित गिललाइ पराजित गरेका थिए । गुर...

ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी – ” हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ”

ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी  – ” हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ”
एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने उदघोष गरेकी छन् । झलनाथ खनाल,माधव नेपाल समूहकी झाँक्रीले बुधबार सामाजिक संजाल फेसबुकमा ओलीतर्फ संकेत गर्दै भनेकी छन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ ।’ उनले ओलीको नामै नलिइ थप भनेकी छन्, ‘यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहंकार र जिद्दी ...

कर्मचारीलाई भात खुवाउन साथ नपाएपछि राजीनामा दिने मुडमा विजय सुब्बा

कर्मचारीलाई भात खुवाउन साथ नपाएपछि राजीनामा दिने मुडमा विजय सुब्बा
काठमाडौं । साझा प्रकाशनका अध्यक्ष विजय सुब्बा निर्वाचित भएको ४ महिना नबित्दै राजीनामा दिने तरखरमा छन् । साझा प्रकाशनले नियमित छाप्दै र बिक्री वितरण गर्दै आएको कक्षा ११ र १२ को पाठ्यपुस्तकको जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाएपछि उनले राजीनामा दिने सोच बनाएका हुन् । गत सोमबार अध्यक्ष सुब्बाले सामाजिक सञ्जालमा छपाइ र बिक्री वितरणको काम पुनः फिर्ता पाऊँ, साझाले भात खान पाउँछ भन्दा त्...

महिलामाथी हुने सम्पुर्ण हिंसा रोक्न महिला सुरक्षा दवाब समुहको आव्हान

महिलामाथी  हुने सम्पुर्ण हिंसा रोक्न महिला सुरक्षा दवाब समुहको आव्हान
काठमाण्डौ । आज मिति २०७८बैशाख २१ गते प्रकाशित “ आफनै ठानेको मान्छे यौन पिपासु बनेपछि ” भन्ने समाचारप्रति महिला सुरक्षा दवाव समुहको ध्यानआर्कषण भएको र सो घटनामा दोषी व्यक्तीलाई कानुन बमोजिम सजाय हुनुपर्ने जोड दिदै प्रेस विज्ञप्ति मार्फत आव्हान गरेको छ । बिज्ञप्तीमा गत चैत्र २३ गते काभ्रे जिल्लामा ६० बर्षीय अपाङ्गता भएर ओछ्यानमा थलीएकी आमा समानकी एक बृद्ध महिलालाई दार्चुला मालिकार्जुन गाँऊपालिका ...

परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा कोरोना

परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा कोरोना
काठमाडौं । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चैत महिनादेखि कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको हो । यो संख्या हालसम्मको उच्च हो । योसँगै कोरोना संक्रमितको कुल संख्या तीन लाख ५१ हजार ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ जनामा गरिएको पीसीआर र ५७१ जनामा ...

हङकङमा अब ७ दिन मात्र क्वारेन्टाइन बस्नुपर्ने कोरोना भ्याक्सिनको दुबै डोज लगाएमा

हङकङमा अब ७ दिन मात्र  क्वारेन्टाइन बस्नुपर्ने कोरोना भ्याक्सिनको दुबै डोज लगाएमा
४ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना खोपकरण परियोजनालाई सरकारले जतिसुकै उत्साहजनक तरिकाले प्रचारप्रसार गरेता पनि जुन रफ्तारमा जनताले खोप लाउने आशा गरिएको थियो सो अनुसार नभई रहेको स्थिति छ। खोप लगाइसकेपछी दुर्भाग्यवश केहि मानिसको मृत्यु अन्य कारणले भएता पनि भ्याक्सिन लगाएपछि मृत्यु भएको सन्देश जानाले भ्याक्सिन प्रति नागरिकको मोह भंग भएको बुझ्न सकिन्छ । यथाशीघ्र ५० प्रतिशत जनसंख्याला...

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ।

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ।
काठमाण्डौ । पछिल्लो २४ घण्टामा तीन लाख ५५ हजार ८३२ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या दुई करोड दुई लाख ७५ हजार ५४३ पुगेको छ। कोरोनाको केन्द्र रहेका महाराष्ट्र, दिल्ली र केरलामा संक्रमितको संख्यामा कमी आएको हो। अघिल्लो दिन चार लाख संक्रमित थपिएका थिए। कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने घट्न सकेको छैन। पछिल्लो २४ घण्टामा तीन हजार ४३८ जनाको मृत्यु भएको छ। अघिल्ल...

मन्त्री कार्कीद्धारा पशुपतिनगर नाका अनुगमन

मन्त्री कार्कीद्धारा पशुपतिनगर नाका अनुगमन
काठमाण्डौ । कोभिड–१९ को महामारीको संक्रमण फैलिरहेका बेला प्रदेश–१ को आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले इलामको पशुपतिनगर नाकाको अनुगमन तथा निरीक्षण गरेका छन् । प्रदेश १ भरिका मुख्य सीमा नाकाको अनुगमन गर्ने क्रममा मन्त्री कार्कीले पशुपतिनगरमा पनि निरीक्षण गरि स्थानीय पालिका र सुरक्षा निकायहरुसँग छलफल समेत गरेका छन् । मन्त्री सहित प्रदेश–१ स्थित नेपाल प्रहरी प्रमुख, शसस्त्र ...

काँग्रेस पनि प्रधानमन्त्रीलाई असफल बनाउन लाग्ने

काँग्रेस पनि प्रधानमन्त्रीलाई असफल बनाउन लाग्ने
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल पार्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवासमा आज मंगलवार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै उनलाई विश्वासको मत लिनबाट रोक्न र योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै काँग्रेसका सहमहाम...

माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने, सरकार अल्पमतमा

माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने, सरकार अल्पमतमा
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण भोलि बुधबार कार्यालय खुलेपछि म...