शैक्षिक सामग्री वितरण गर्न भोजपुर पुग्यो प्रेम पुर्ण प्रताप फाउन्डेसन
३१ मार्च। काठमाडौ । गरिबी र अभावमा गुज्रीरहेका बालबालिकाको लागि पठनपाठन सामाग्री देशका कुनाकाप्चामा रहेका पाठशालामा वितरण गर्ने कार्य प्रेम पुर्ण प्रताप फाउन्डेसनले गर्दै आएको छ। यस पटक यो फाउन्डेसनले भोजपुरको बिद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ। भोजपुर नगरपालिका-१ भाम्राङ स्थित श्री सिंह देवि माध्यमिक विद्यालयको प्रागणमा सांस्कृतिक कार्यक्रम सहित करिब ३०० जना जनसमु...









