सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता हुन्छः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने प्रस्ट पारेका छन् । राजनीतिक गतिरोधबारे बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै दाहालले प्रतिगामी भनेको सरकारलाई दिएको समर्थन अब धेरै दिन नरहने बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटनको कदमलाई लिएर आ...









