प्रधानसेनापतिले पशुपतिमा विशेष पूजा अर्चना गरे

प्रधानसेनापतिले पशुपतिमा विशेष पूजा अर्चना गरे
काठमाडौं। प्रधानसेनापति पूणचन्द्र थापाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा अर्चना गरेका छन्। सोमबार विहान पशुपतिनाथ मन्दिर पुगेका प्रधानसेनापति थापाले पशुपतिनाथ मन्दिरमा पञ्चामृत पूजा गरेको पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । प्रधानसेनापतिले सेना दिवस र महाशिवरात्रिको अवसरमा विशेष पूजा गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए। प्रत्येक वर्षको ...

विश्व कविता दिवसका अवसरमा भर्चुअल कविगोष्ठी

विश्व कविता दिवसका अवसरमा भर्चुअल कविगोष्ठी
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विश्व कविता दिवस मार्च २१ का अवसरमा भर्चुअल कविगोष्ठीको आयोजना गरियो । मुलुकका सातओटै प्रदेशसहित भारत अमेरिका, रूस, बेलायत, म्यान्मार, अष्ट्रेलिया, जापान, क्यानडा आदि देशमा रहेका नेपाली कविहरूको उल्लेख्य सहभागिता रहेको भर्चुअल कविगोष्ठीको प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले ‘मेरो माया मफलर भए टाँगी दिन्थेँ गलामा’ ...

आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको अध्यक्षमा राजन मुकारुङ

आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको अध्यक्षमा राजन मुकारुङ
ललितपुर । लेखक राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकाररलेखक महासंघको प्रथम केन्द्रीय कार्यसमिति गठन भएको छ । ललितपुरको यालाखिम रेष्टुरेन्टमा चैत्र ८ गते सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाले सर्वसम्मतिमा महासंघको केन्द्रीय कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा टङ्क सेलिङ, उपाध्यक्षमा रजनीमिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिङजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहा...

४० वर्षपछि आमालाई भेट्दा….

४० वर्षपछि आमालाई भेट्दा….
विप्लव भट्टराई, पर्वत पोर्तेल इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकस्थित धनमाया तिम्सिनाको आँगन आइतबार स्थानीय बासिन्दा र सञ्चारकर्मीले भरिएको थियो । अपराह्न करिब पौने ४ मा शनिबार कोलकाताको दमदम जेलबाट छुटेका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दीपक) ४० वर्षपछि आमालाई भेट्दै थिए । इलामको माई–१० लुम्बाकस्थित घरमा आइतबार आइपुगेका दुर्गाप्रसादलाई हेर्दै आमा धनमाया तिम्सिना । तस्बिर स् विप्लवरकान्...

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणमा बंगलादेश

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणमा बंगलादेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका क्रममा बंगलादेशको राजधानी ढाका पुगेकी छन् । उनलाई विमानस्थलमा रेड कार्पेटमा स्वागत गरिएको छ । राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री...

सुमार्गीको ११ अर्व भन्दा बढी अकुत सम्पत्ति फेला पर्‍यो

सुमार्गीको ११ अर्व भन्दा बढी अकुत सम्पत्ति फेला पर्‍यो
काठमाडौं । ब्यापारी अजेयराज सुमार्गीको ११ अर्व भन्दा बढी अकुत सम्पत्ति फेला परेको छ । सम्पत्ति शुद्धिकरण विभागले लामो अनुसन्धानपछि सुमार्गीको साढे ११ अर्बभन्दा बढी रकम अबैध रहेको फेला पारेको हो । सम्पत्ति शुद्धिकरण विभागका एक अधिकृतले दिएको जानकारीअनुसार बिभागले एक महिना अघि नै अबैध सम्पत्ति रहेको जनाउदै सुमार्गीविरुद्ध मुद्दा चलाउने तयारी गरेको थियो । तर राजनीतिक उथलपुथलका कारण मुद्दा रोकिएको ...

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भ्याक्सिनको दोस्रो डोज लगाइन

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भ्याक्सिनको दोस्रो डोज लगाइन
२२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङकि चिफ एक्जेकेटिव क्यारी लाम उनको सरकारको उच्च पदाधिकारी र एक्जेकेटिव काउन्सिलका सदस्यहरुले एकैसाथ साइनोभ्याक कोरोनाभाइरस भ्याक्सिनको पहिलो खुराक ग्रहण गरेर भ्याक्सिनकरण परियोजनालाई उदघाटन गरेका थिए । आज मार्च २२ तारिख लाम र उनका पदाधिकारीहरुले साइनोभ्याकको दोस्रो डोज सरकारी प्रधान कार्यलयमा ग्रहण गरेकाछ्न। आज दिउँसो नै  एक्जेकेटिव काउन्सिलका गैरसर...

प्रधानमन्त्री बन्ने जिम्मेवारी आए पछि नहट्ने देउवाको भनाइ

प्रधानमन्त्री बन्ने जिम्मेवारी आए पछि नहट्ने देउवाको भनाइ
चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताएका छन् । नेपाली काँग्रेस तरुण दल विभागद्वारा चितवनमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री बन्न लालायित नभएको तर जिम्मेवारी आए पछि नहट्ने बताए । ‘अहिले संयुक्त सरकार रहेको छ । प्रधानमन्त्री बन्न म लालायित छैन । जिम्मेवारीको मौका आइहाले भाग्ने वाला छैन, उनले भने । प्रधानमन्त्...

‘वजन’ नपुगेपछि झाक्री कार्वाही हुनबाट जोगिइन्

‘वजन’ नपुगेपछि झाक्री कार्वाही हुनबाट जोगिइन्
काठमाडौं । आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध खरो उत्रिदै आएकी नेकपा एमालेकी युवा नेता रामकुमारी झाँक्री पार्टी कारवाही पर्नबाट जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछि रोकेको बताइएको छ । झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको एक नेताको भनाइ छ । बालुवाटारमा बसेको आजको बैठकले म...

एमाले केन्द्रीय समिति महाधिवेसन आयोजक समितिमा परिणत

एमाले केन्द्रीय समिति महाधिवेसन आयोजक समितिमा परिणत
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेसनका लागि आयोजक कमिटी गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अहिलेको केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गर्ने निर्णय गरेको हो । हाल विद्यमान २ सय ६४ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेसन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको एक नेताले जानकारी दिए । यसअघि बसेको केन्द्...