दाहाल–नेपाल समूहः शक्ति प्रदर्शनको सन्देश
		बबिता शर्मा
काठमाडौँ — देशभरका कार्यकर्ता भेला पारेर नेकपाको दाहाल–नेपाल समूहले संघीय राजधानीमा शक्ति प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्दै दाहाल–नेपाल समूहले शक्ति प्रदर्शनमार्फत विभिन्न शक्ति केन्द्रलाई सन्देश दिएको छ ।
पहिलो सन्देश सर्वोच्च अदालतलाई : प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै पुस ५ मा संसद् विघटन गरेको कदमलाई नेकपाको दाहाल–नेपाल समूहल...        
        		
			
 
					








