निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्छः खानेपानीमन्त्री थापा
काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्ने बताएका छन् । मुलुकलाई स्थायित्वमा लैजानका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको जानकारी दिँदै उनले समयमै नयाँ निर्वाचन गर्नु नै सरकारको आधारबिन्दु भएको स्पष्ट पारे ।
रिपोर्टस् क्लबमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले भने, ‘ वर्तमान परिस्थितिमा संसद् पुनःस्थापना हुनु ...