उपनिर्वाचन कार्यक्रम सार्वजनिक

उपनिर्वाचन कार्यक्रम सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । आज उपनिर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिएको छ । त्यस्तै वैशाख २७ ग...

सीसीएमसीको निर्णयः परीक्षा स्थगितदेखि निषेधाज्ञासम्म

सीसीएमसीको निर्णयः परीक्षा स्थगितदेखि निषेधाज्ञासम्म
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विभिन्न निर्णय गरेको छ । सीसीएमसीको आज बसेको बैठकले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ । गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय संक्रमित नाघे सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो । त्यस्तै, बैठकले भारतसँगका ...

अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा आकस्मिक बैठक

अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि आकस्मिक बैठक बोलाएका छन् । माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री ओलीले बालुवाटारमा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका हुन् । यस्तै एमालेले माधव नेपाल पक्षका केही सांसदलाई निष्कासनको तयारी गरे...

राम बहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारः ओली

राम बहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारः ओली
काठमाडौं । नेकपा एमालेले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकमा सम्बोधनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले थापालाई नै आगामी उपचुनावमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने बताएका हुन् । ओलीले एमालेमा लागेका कारणले माओवादीले कारबाहीको नाउमा रिक्त बनाएका पदहरु ३५ दिनदेखि ६ महिनाभित्र हुन...

अबको वार्ता राजबन्दी परिवारसंगः लक्ष्मण थारू

अबको वार्ता राजबन्दी परिवारसंगः लक्ष्मण थारू
धनगढी । थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारूले सरकारले टीकापुर घटना मुद्दाको सवालमा थारूसंग गरेको वार्ता नौटङ्की जस्तो मात्रै भएको बताउँदै अबको वार्ता राजबन्दी परिवारसंग हुनुपर्ने बताए । अज्ञात ठाउँमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता थारूले सरकारले वार्तामार्फत समस्या समाधान नभइ वार्ता गरेकोमात्रै देखाउन खोजेको आरोप लगाए । ‘एक महिनादेखि खाली थारू समुदायसंग वार्ता ग¥यौं भनेर द...

शेरधनलाई गाली गर्दा यसरी पक्राउ परिन् बालिका खड्का

शेरधनलाई गाली गर्दा  यसरी पक्राउ परिन् बालिका खड्का
काठमाडौं । युवा नेता बालिका खड्का पक्राउ परेकी छन् । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएका बेला प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । खड्काले अश्लिल शब्द प्रयोग गर्दै प्रहरी र राईलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा पनि भाईरल भइरहेको छ ...

अविश्वास प्रस्ताव दर्ता गर्न देउवा हच्किए

अविश्वास प्रस्ताव दर्ता गर्न देउवा हच्किए
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न हच्केका छन् । अविश्वास प्रस्ताव दर्ता भए जनता समाजवादी पार्टी (जसपा) ले पनि पक्षमा निर्णय लिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने देउवालाई मनाउने प्रयास जारी राखेका छन् । पार्टीभित्रै वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत अविश्वास प्रस्ता...

हामी सम्झाई बुझाई गर्नै ठिक्क छौँः ओली

हामी सम्झाई बुझाई गर्नै ठिक्क छौँः ओली
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको बताएका छन् । तर, समूहगत रुपमा भने कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनीसमेत दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आज केन्द्रीय कार्यालय भवन शिलान्यास समार...

छोरीलाई सन्तान नठान्दा…..

छोरीलाई सन्तान नठान्दा…..
-खग प्रसाद चापागाई- कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ७ सोमडिह गाउँकै दक्षिण पश्चिम भागमा गरिब दलित बस्ती छ । नेपाल–भारत सिमाको १ सय मिटर सेरोफेरोमै रहेको उक्त गाउँमा दर्जन हाराहारीमा टहरा छन् । ईट्टा र माटोले जोडेको पर्खालको एक कोठे घरमा सात सन्तान सँगै अकाला रैदास बस्छिन् । काखमा डेढ वर्षको छोरा बोकेकी उनको शरीर निकै दुब्लो छ । लाग्छ, उनको शरीरमा मासु नै छैन । हाड छाला ...

मूर्ति हराएको ३७ वर्षपछि फेला, पाटन सङ्ग्रहालयमा राखियो

मूर्ति हराएको ३७ वर्षपछि फेला, पाटन सङ्ग्रहालयमा राखियो
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई मूर्ति हस्तान्तरण गरेका हुन् । सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्...