प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाः कानुन व्यवसायीका लागि आधा घण्टा
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासले कानुन व्यवसायीहरूका लागि समय निर्धारण गरेको छ । बहसका क्रममा अधिवक्ताले दिनभर समय लिन थालेपछि इजलासले समयसीमा तोकेको हो ।
बहस लम्बिने देखिएपछि सर्वोच्च अदालतको इजलासले सुनुवाइको चौथो दिन बुधबारदेखि समय निर्धारण गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाइमा सहभागी हुने कानुन व्यवसायीहरूका लागि आधा घण्टाको समय निर्ध...







