साताको तीन कविता – कवि टेक बहादुर जिरेल
जिरी दोलखामा जन्मेका टेकबहादुर जिरेल स्कूले जीवन देखि नै कविता लेख्दै आएका कवि हुन्। द्वितीय विश्व युद्वका फौजी नायक उनका पिताजीले उनलाई लाहुरे बनाउने सपना अनुसार उनलाई पूर्ण गृहकार्यका साथ घरबाट बिदा गरेका थिए। तर उनी लाहुर लाग्नुको सट्टा काठमाण्डौं पुगे र कलेज ज्वाइन गरे। त्यसपछि फर्केर गाउँ पुगे। आफू पढेकै स्कूलमा तीन दशकभन्दा लामो शिक्षण कर्म गरे । उनलाई अचेल गाउँको कवि भन्छन् । पछिल्लो समय उ...









