हङकङ लगुना सिटि तेस्रो एम्बुस लकडाउन: शुन्य केस भेटियो

हङकङ लगुना सिटि तेस्रो एम्बुस लकडाउन: शुन्य केस भेटियो
१ फेब्रुअरी २०२१।हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले अहिले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न निशाकालिन एम्बुस लकडाउन गर्ने रणनीतिलाई अवलम्बन गरेकोछ । २३ -२५ जनवरीमा जोर्डनमा भएको ४४ घन्टा लामो लक डाउनले बिशाल परिमाणमा जनजीवन प्रभावित भएका कारण अब हुने लक डाउन साना स्केलका एकैरातमा समाप्त हुने खाल्का तय गरिएको हो। तेस्रो निशाकालिन लकडाउन ३१ जनवरी आइतबार बेलुकी ७ बजेबाट लाम तिनको लगुना...

आजबाट बिएनओ पासपोर्टलाई हङकङ इमिग्रेसनले निशेध गर्ने

आजबाट बिएनओ पासपोर्टलाई  हङकङ इमिग्रेसनले निशेध गर्ने
आजबाट हङकङका स्थानीय हवाई सेवाहरुले सम्पुर्ण यात्रुहरूलाई अब उप्रान्त बिएनओ राहदानी प्रयोग गरेर हङकङ प्रवेश गर्न नपाइने सूचना जाहेर गरेको छ। हङकङ एयरलायन्स र क्याथे पेसिफिक दुबै हवाई सेवाले आफ्नो वेव साइटमा बिएनओ पासपोर्टलाई अध्यागमन मामिलाको कुरा क्लियर गर्न र आफ्नो परिचयमुलक कागजातको रूपमा हङकङभित्र प्रयोग गर्न नपाइने कुरा उल्लेख गरेकोछ।अब उप्रान्त हङकङ प्रवेश गर्दा र हङकङबाहिर जादा हङकङ वास...

हङकङमा आज २८ जना कोरोना केस, ५ वटा केस विमानस्थल निर्माण क्षेत्रबाट

हङकङमा आज २८ जना कोरोना केस, ५ वटा केस विमानस्थल निर्माण क्षेत्रबाट
३० जनवरी २०२१ हङकङ ।क्रान्ति सुब्बा। हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २८  वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  २  केस आयातित  जसमध्ये एकजना कार्गो एयर क्रीउका सदस्य अमेरिकाबाट र एकजना पाकिस्तानबाट आएका यात्रु परेका छ्न र २६ केस  स्थानीय  रहेकाछ्न।   ती स्थानीय केस मध्ये  २० ...

नेपालीलाई हङकङमा भाइरस फैल्याएको आरोप : एक चर्चा

नेपालीलाई हङकङमा भाइरस फैल्याएको आरोप : एक चर्चा
-क्रान्ति सुब्बा हङकङको जोर्डन एरियाले  जब कोरोनाभाइरसको नयाँ उदगम बिन्दुको रुप लियो तब भाइरस संक्रमणको संभावित स्रोत र कारण  पहिल्याउन थालीयो। यहाँका केहि  पुराना भवनहरु कुनै पनि भवन व्यवस्थापन कम्पनीको सुपरिवेक्षणमा नहुनु कोरोना भाइरस फैलनुको एउटा कारण मानिएकोछ। भवनको सम्पुर्ण सरसफाइ भवन सुपरिवेक्षण कम्पनीले गर्दछ। भवन वरिपरिको वातावरण नै सफा नभएपछि आफू बस्ने फ्लाट मात्र सफा ...

हङकङमा फेरि लक डाउन अर्को स्थानमा

हङकङमा फेरि लक डाउन अर्को स्थानमा
२६ जनवरी २०२१ हङकङ सरकारले या मा तेइ एरियाको अर्को स्थानलाई " निषेधित क्षेत्र" आज बेलुकी सात बजे घोषित गरेकोछ। यस नयाँ घोषित दोस्रो निषेधित क्षेत्रमा बस्ने प्रत्येक नागरिकले अब आफ्नै ठेगानामा सिमित भएर तोकिएको समयसीमासम्म बस्नु पर्नेछ र सरकारले तय गरेबमोजिम अनिवार्य कोरोना परिक्षणमा जानू पर्नेछ। निषेधित एरियाको परिधिभित्र ९-२८ पिट स्ट्रीट देखि ३ तुङ अन स्ट्रीट सम्मका ११ वटा भवनहरु परेकाछ्न ...

एउटा नरोजेको यात्रा : हङकङ क्वारेन्टाइन

एउटा नरोजेको यात्रा : हङकङ क्वारेन्टाइन
- सुर्य सिङ्गक लिम्बु त्यो दुर्घटना !   हङकङको निर्माण क्षेत्रमा पर्ने काम मध्ये एउटा एकदम गाह्रो काम प्यानलको कामलाई मानिन्छ । यहि कामबाट गुजारा चलिरहेको अवस्थामा हामीसंग काम गर्ने एकजना दाई दुर्घटनामा पर्नुभयो । दुर्घटनामा दाईको दुईवटा करङ भाचिएको रहेछ भनेर पछि दाईसंग फोनमा कुराकानीको क्रममा थाहा भयो । हङकङमा कुनै पनि  निर्माण क्षेत्रमा दुर्घटना भएको खण्डमा एक वा दुईदिन काम बन्...

हङकङ लकडाउन शारांश अनुभुति

हङकङ लकडाउन शारांश अनुभुति
- दिनेश सुब्बा नेपाल र अन्य ठाउँमा  लकडाउन (lockdown) कसरी गरिएको थियोे अथवा कसरी गरिन्छ कुन्नि ?तर म स्वयं लकडाउनमा परेको प्राणी भएको नाताले  हङकङमा कसरी लक डाउन पालना भईराखेको थियो  ? तपाईंहरुको जानकारीको लागि यहाँ थोरै कुरा राखेको राख्न चाहन्छु ।४८ घन्टाको लागि  जोर्डन शहरको ५ लाख स्क्वायर फिट(sq ft) भित्र रहेको २ सयवटा बिल्डिङलाई पूर्णरूपले घेरा हालेर(cordan off) राखिए...

हङकङमा लक डाउनको हल्ला र संभावना

हङकङमा लक डाउनको हल्ला र संभावना
- क्रान्ति सुब्बा हङकङमा कोभिड-१९ चौथो लहरको उत्कर्ष निकै भयावह हुदै गइरहेको अवस्था छ। कोरोना भाइरस संक्रमणलाई साइजमा ल्याउन सामाजिक दुरिका विश्व प्रचलित मापदण्डलाई हुबहु कार्यान्वयन गर्ने प्रयास गरिरहदा पनि  संक्रमण हुने क्रम न्यून नहुनु एउटा भयंकर चुनौती भएर उभिएको छ हङकङमा । कहिले नसुत्ने सहर हङकङ महामारीको फरक कहरमा पनि  अहिलेसम्म लक डाउनमा गएको थिएन । तर काउलुन प्रदेशको याउ चिम...

हङकङको याउ चिम मोङ जिल्ला लक डाउनमा जाने

हङकङको याउ चिम मोङ जिल्ला लक डाउनमा जाने
२२ जनवरी २०२१ हङकङ हङकङको काउलुन प्रदेशमा पर्ने याउ चिम मोङ जिल्लाभित्रका केहि उच्च संक्रमित इलाका यो हप्ताको अन्त देखि लक डाउनमा जाने भएको कुरा रिपोर्टले बताएकोछ। कोरोना भाइरसको संक्रमण गति भुसको आगो झैँ सल्किदै गरेको स्थिति छ हङकङमा । विभिन्न आवासीय गृहका हजारौं नागरिकले कोरोना परिक्षण गरिसकेका छ्न र सरकारले सम्पूर्ण संसाधन प्रयोग गरेर परिक्षण कार्यक्रम जारी राखेको छ। स्मरणीय छ हिजो बिही...

आयातित केसमा एक जना नेपाली ,हङकङमा आज ७० वटा कोभिड पोजेटिभ केस

आयातित केसमा एक जना नेपाली ,हङकङमा आज ७० वटा कोभिड पोजेटिभ केस
२१ जनवरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्र, संक्रामक रोग शाखाकी प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ७० वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन जसमा  ७  केस आयातित र ६३ केस  स्थानीय  रहेकाछ्न।   ती स्थानीय केस मध्ये  ४७ केसको सम्बन्ध पुर्व केससंग रहेको रहेको छ भने १...