आज हङकङमा ६० जना कोरोना संक्रमित थपिने संभावना , कोरोना खोप अर्को महिनाबाट चालू हुने
९ जनवरी २०२१।हङकङ ।क्रान्ति सुब्बा ।
हङकङमा आज ६० जना नयाँ कोरोना संक्रमित रोगी थपिने कुरा स्रोतले जनाएकोछ।
हिजो हङकङमा ४५ केस थपिएको थियोे जसमा ३ वटा आयातित र ४२ वटा स्थानीय केस थिए। हिजोको तथ्यांक अनुसार हङकङमा कोरोना संक्रमित कुल संख्या ९,१५३ पुगेकोछ। हिजो नै तीन वटा बिल्डिङलाई अनिवार्य कोरोना टेस्टमा जाने आदेश जारी गरिएको थियोे ।ती हुन- काइ चिङ स्टेटको युत चिङ हाउस , ताइ वाइ स्थित मेइ ...









