प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गर्दै गर्नेको खोजी सुरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग सम्झौता भनेर प्रचार समुहको खोजी शुरु भएको छ । सो फेक पत्रलाई आधार बनाएर भ्रामक समाचार लेख्नेलाई पनि प्रेस काउन्सिल नेपालले अनुसन्धान सुरु गरेको छ ।
सो पत्रको दुरुपयोग गर्दै भ्रामक विषयबस्तु प्रस्तुत गरेपछि कानुनी निकायहरु सक्रिय बनेका हुन् । काउन्सिलले भ्रामक सम्झौताको पत्र प्रकाशन गर्ने अनलाइनलाई स्पष्ट...









