हङकङ साहित्यिक साझा शृङखलाद्वारा १०१ औं अंकको आयोजना
४ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।
गत मे ३० तारीख आइतबार जोर्डन स्थित नयाँ पेजको कार्यलयमा नयाँ नेतृत्वका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न भएको हङकङ साहित्यिक साझा शृङ्खलाको १०१औं अंक भव्यताका साथ सफल भएकोछ।
हङकङ साहित्यिक साझा शृंखलाले प्रवास हङकङमा प्रत्येक महिनाको अन्तिम आइतबार नविनतम सिर्जना वाचन साथै अन्य साहित्यिक गतिविधि निरन्तर गरेको ९ वर्ष पूरा भएर दस वर्षमा लागेकोछ। कोभ...









