हङकङमा आज ८५ जना कोरोना संक्रमित, ८२ वर्षीय महिलाको मृत्यु
२१ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा ।
हङकङमा आज देखा परेका ८५ केसमा ७ जना आयातित र ७८ जना स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गतका ५१ जनालाई पुरानो रोगीबाट कोरोना सरेको देखिएको छ भने २७ जनालाई कताबाट संक्रमण भयो पत्तो नलागेको अवस्था छ। कोरोना लाग्नेको कुल संख्या हङकङमा ८,२३८ पुगेको छ। आजको संक्रमितमा ४० पुरुष ४५ महिला परेकाछ्न। आजको दिन कम्युनिटी टेस्टिङ सेन्टरबाट २१ केस आएका थिए । पचास भन...









