विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी
काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । कांग्रेस संस्थापक बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भमा आज सुन्दरीजल पुगेका शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
अधिवेशन आउन धेरै दिन बाँकी नरहेको र फेरि अधिवेशनको मुखैमा मात्र उम्मेदवारी घोषणा गरेर पनि राम्रो नहुने भन्दै शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेको बताए ...









