७ करोड २० लाख वर्ष अघि जिउदो रहेकोे बोलक्कड डाइनोसरको नयाँ अवशेष फेला परयो मेक्सिकोमा

७ करोड २० लाख वर्ष अघि जिउदो रहेकोे  बोलक्कड डाइनोसरको नयाँ अवशेष फेला परयो मेक्सिकोमा
क्रान्ति सुब्बा मेक्सिकोका जीवाश्मविदले पत्ता लगाएको डाइनोसरको नयाँ प्रजातीमा औधी कुराकानी  गर्ने चरीत्र र हात्तीले  जस्तो मृदुभाषामा संवाद गर्ने शैली रहेको कुरा यहि मे १४ तारिख प्रकाशित  शोध पत्रमा बताइएको छ। करिब ७ करोड २० लाख वर्ष अघि लोप भएको यो प्रजातिको नाम ट्लाटोलोफस गालोरुम ( Tlatolophus galorum) राखिएकोछ। जुन जीव अहिलेको मेक्सिको  उत्तरी राज्य कोहुइला इलाकामा र...

हङकङमा एकजना ४ वर्षीय वालक संक्रमित,उनिसंग पढने सहपाठी र शिक्षक सबै १४ दिने होटेल क्वारेन्टाइनमा

हङकङमा एकजना ४ वर्षीय वालक संक्रमित,उनिसंग पढने सहपाठी  र शिक्षक सबै १४ दिने होटेल क्वारेन्टाइनमा
१५ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । आज हङकङमा तीन वटा कोरोना संक्रमित केस देखा परेको छ। जसमा २ जना आयातीत परेका छ्न भने १ जना अज्ञात स्रोतबाट आएको स्थानीय केस रहेकोछ। हङकङमा कोरोना संक्रमित कुल संख्या ११,८२२ पुगेको छ। आज संक्रमित रोगीहरु ४ देखि ३५ वर्ष भित्रका १ जना वालक र २ जना महिला परेकाछ्न। आजको आयातितमा दुबै जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर परेका छ्न। आज देखापरेका अज्ञात स्रोतब...

कोरोनाबाट देशभर थप १ सय ८७ जनाले ज्यान गुमाए

कोरोनाबाट देशभर थप १ सय ८७ जनाले ज्यान गुमाए
काठमाडौं । कोरोनाबाट पछिल्लो २४ घण्टामा देशभर थप १ सय ८७ जनाले ज्यान गुमाएका छन् भने ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यसअघि शुक्रबार देशभर ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ३ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७ हजार ९ सय ७१ र एन्टिजेन विधिबाट ५ सय ७७ जनाको परीक्षण गर्दा ८ ...

गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘सार्वजनिक

गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘सार्वजनिक
काठमाण्डौं । गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ । प्रेम र समपर्णलाई समेटिएको कारणले आम दर्शक तथा स्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका प्रस्तुत कर्ता मनोज कार्कीले बताए । गोविन्द कुईकेलको शब्द तथा डिवि लामाको सगीत गीतमा छ । संकल्प भुजेलको छायाँकन , तेकेन्द्र शाहको सम्पादन तथा स...

उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण स्थगित

उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण स्थगित
काठमाडौं । नेपालको तर्फबाट कोरोनाभाइरस संक्रमण फैलने सक्ने बताउँदै चीनले सगरमाथा आरोहण स्थगित गरेको जनाएको छ । नेपालमा कोरोना संक्रमण दिनानुदिन बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण स्थगित गरेको हो । सिन्ह्वा न्यूज एजेन्सीका अनुसार त्यहाँको खेलकुद प्रशासनले आरोहण स्थगित गरेको पुष्टि गरेको हो । नेपालको मोहडाबाट हुनसक्ने भाइरस संक्रमणबाट सत...

यी हुन् राजदुत सिफारिस भएका ११ देश र व्यक्ति (नामसहित)

यी हुन् राजदुत सिफारिस भएका ११ देश र व्यक्ति (नामसहित)
काठमाडौं । सरकारले अष्ट्रेलियासहित ११ वटा देशमा राजदुत नियुक्त गर्न सिफारिस गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सरकारले दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीया र ब्राजिलमा राजदुत सिफारिस गरेको हो । सरकारले परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्लेलाई अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्टका लागि राजदूत सिफारिस गरेक...

एकदिनको अन्तरालमै दम्पतिको मृत्यु भएपछि छोरीको भावुक स्टाटस

एकदिनको अन्तरालमै दम्पतिको मृत्यु भएपछि छोरीको भावुक स्टाटस
काठमाडौं – ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले ६ मे अर्थात वैशाख २३ गते अक्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस ‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन्। अक्सिजन दिएको फोटो राखेपछि जो कोहीले पनि बुझिहाल्छ कि, रोस्ती कोरोना संक्रमित भएपछि उपचारको क्रममा अस्पतालमा छिन्। रोस्ती मात्र होइन, उनका श्रीमान दीपक थेबेला...

अस्पतालमा बेड र अक्सिजनको व्यवस्था गर : राष्ट्रिय मानव अधिकार आयोग

अस्पतालमा बेड र अक्सिजनको व्यवस्था गर  : राष्ट्रिय मानव अधिकार आयोग
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले समयमा नै विरामीका लागि अस्पतालमा बेड र अक्सिजनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आम नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा अस्पतालहरुमा शैया र अक्सिजनको चरम अभावले गर्दा दर्जनौं व्यक्तिहरुले मृत्युवरण गर्न बाध्य भएको घटनाका बारेमा आयोगलाई विभिन्न...

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ, मन्त्री मण्डल पुरानै

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ, मन्त्री मण्डल पुरानै
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । प्रधानमन्त्री ओलीले मन्त्री मण्डलमा नयाँ मन्त्रीहरु थप्दै भन्ने हल्ला चले पनि कुनै पनि नयाँ अनुहार मन्त्री मण्डलमा आएनन् । पुरानै मन्त्रीहरूलाई दोहोरिएका छन् । राष्ट्रपति शितल निवासमा पुरानै...

केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त

केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको हैसियतले संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा बैशाख २७ गतेदेखि आज बिहीबार ३० गतेसम्मका लागि प्रधानमन्त्री पदका लागि आह्वा...